दोर्दी करिडोरको बिजुली राष्ट्रिय ग्रिडमा जोडिने « Khabarhub

दोर्दी करिडोरको बिजुली राष्ट्रिय ग्रिडमा जोडिने


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ-  लमजुङको दोर्दी करीडोरमा निर्माण सम्पन्न भएको र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत आयोजनाको विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने बाटो खुलेको छ ।

मर्स्याङ्दी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गतको उदिपुर-भरतपुर खण्डको उदिपुर सबस्टेसन देखि मर्स्याङ्दी जलविद्युत केन्द्रको स्विचयार्डसम्मको करिब ७ किमी २२० केभी लाइन वैकल्पिक व्यवस्थाअन्तर्गत १३२ केभीमा शनिबार चार्ज भएको आयोजना प्रमुख चिरन्तन विक्रम राणाले बताए ।

उनले भने, ‘उक्त लाइनखण्ड चार्ज भएसँगै दोर्दी कोरिडोरमा निर्माण सम्पन्न भएका २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजना, २५ मेगावाटको माथिल्लो दोर्दी ए जलविद्युत आयोजना, १२ मेगावाटको दोर्दी खोला-१ जलविद्युत आयोजना र ८ दशमलव ६३ मेगावाटको चेपे खोला जलविद्युत आयोजना गरी हाललाई ७२ मेगावाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा जोड्ने बाटो खुलेको छ ।

राणाका अनुसार राष्ट्रिय प्रसारण ग्रिडको ब्याकफिड पाएपश्चात उल्लेखित जलविद्युत आयोजनाहरू परीक्षण उत्पादन तथा प्रसारण गरी ग्रिडमा जोडिनेछन् । चितवनदेखि तनहुँ, लमजुङ हुँदै मनाङसम्म २२० केभी प्रसारण लाइन परियोजना निर्माणको काम पनि धमाधम भइरहेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ५ : ४४ बजे

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको