दोर्दी करिडोरको बिजुली राष्ट्रिय ग्रिडमा जोडिने « Khabarhub

दोर्दी करिडोरको बिजुली राष्ट्रिय ग्रिडमा जोडिने


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ-  लमजुङको दोर्दी करीडोरमा निर्माण सम्पन्न भएको र निर्माणाधीन अवस्थामा रहेका जलविद्युत आयोजनाको विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने बाटो खुलेको छ ।

मर्स्याङ्दी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजना अन्तर्गतको उदिपुर-भरतपुर खण्डको उदिपुर सबस्टेसन देखि मर्स्याङ्दी जलविद्युत केन्द्रको स्विचयार्डसम्मको करिब ७ किमी २२० केभी लाइन वैकल्पिक व्यवस्थाअन्तर्गत १३२ केभीमा शनिबार चार्ज भएको आयोजना प्रमुख चिरन्तन विक्रम राणाले बताए ।

उनले भने, ‘उक्त लाइनखण्ड चार्ज भएसँगै दोर्दी कोरिडोरमा निर्माण सम्पन्न भएका २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजना, २५ मेगावाटको माथिल्लो दोर्दी ए जलविद्युत आयोजना, १२ मेगावाटको दोर्दी खोला-१ जलविद्युत आयोजना र ८ दशमलव ६३ मेगावाटको चेपे खोला जलविद्युत आयोजना गरी हाललाई ७२ मेगावाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण ग्रिडमा जोड्ने बाटो खुलेको छ ।

राणाका अनुसार राष्ट्रिय प्रसारण ग्रिडको ब्याकफिड पाएपश्चात उल्लेखित जलविद्युत आयोजनाहरू परीक्षण उत्पादन तथा प्रसारण गरी ग्रिडमा जोडिनेछन् । चितवनदेखि तनहुँ, लमजुङ हुँदै मनाङसम्म २२० केभी प्रसारण लाइन परियोजना निर्माणको काम पनि धमाधम भइरहेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ५ : ४४ बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि