सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरे आन्दोलनमा जाने धर्मेन्द्र बास्तोलाको चेतावनी « Khabarhub

सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरे आन्दोलनमा जाने धर्मेन्द्र बास्तोलाको चेतावनी


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगरे आन्दोलनमा जाने चेतावनी दिएको छ ।

आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेकपा बहुमतले यसअघि सरकारले आफूहरूसँग गरेको सहमति राज्य पक्षबाट उलंघन भइरहेको भन्दै सहमति कार्यान्वयन नभए आन्दोलन गर्ने चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा पार्टीका संयोजक धर्मेन्द्र बास्तोलाले तत्कालिन नेकपा र सरकारबीच भएको सहमतिप्रति सरकार गैर जिम्मेवार भएको पेश भएको बताए । उनले सरकारले सहमति कार्यान्वयन गर्नेभन्दा षड्यन्त्रमा लागेको बताउँदै सडक संघर्षमा जाने चेतावनी दिए।

संयोजक बास्तोलाले सहमतिबाट पछि हटेर सरकारले ३२२ मुद्दा फिर्ता लिन नसकिने बताएको जिकिर गरे। त्यस्तै उनले संयोजक बास्तोलाले प्रदेश र संघको चुनाव आफ्नो पार्टीले बहिस्कार गर्ने बताए। अहिलेको व्यवस्थामा हुने चुनावले जनताका समस्या समाधान नगर्ने र दलाल संसदीय व्यवस्था रहेसम्म हुने चुनावको नतिजा पनि दलालकै पक्षमा हुने उनले बताए । त्यस्तै उनले भारतीयलाई नागरिकता दिन नागरिकता विधेयक ल्याएको बताउँदै खारेज गर्नुपर्ने धारणा राखे।

त्यसैगरी संयोजक बास्तोलाले कालो धन कमाएका सरकारका उच्च अधिकारीले मिटरब्याजी भएको आफ्नो पार्टीलाई सूचना आइरहेको बताउँदै त्यस्तालाई कारबाही गर्न सरकारसँग माग गरे।

 

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ६ : ३६ बजे

डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

कर्णाली– डोल्पाको जगदुल्ला गाउँपालिका-४ मौरेलेखमा आज बोलेरो जिप दुर्घटना हुँदा

प्रकाशको गीत ‘कर्तव्य’ : शब्द चयनमा यू-टर्न, बालेन सरकारप्रति उदार !

काठमाडौं – गायक प्रकाश सपुतको गीत ‘यो देश मेरो पनि

भिनिसियस भर्सेज हालाण्ड : विश्वकपमा नर्वे र ब्राजिलको रोचक भीडन्त आज

काठमाडौं- विश्वकप फुटबलको नकआउट चरण अन्तर्गत राउण्ड अफ १६ मा

सरकारले गरीखाने वर्गलाई उठिबास लगायो, राष्ट्रियता कमजोर बनायो : एमाले सचेतक घतानी

काठमाडौं- नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको सम्बन्ध सुमधुर छैन