दोर्दीखोलाबाट बिजुली उत्पादन सुरु « Khabarhub

दोर्दीखोलाबाट बिजुली उत्पादन सुरु


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले लमजुङमा निर्माण गरेको दोर्दीखोला जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन परीक्षण सुरु गरेको छ । दोर्दीखोलामा निर्माण गरिएको २७ मेगावाट क्षमताको यस आयोजनाले सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्दै आजदेखि बिजुली उत्पादन परीक्षण सुरु गरेको आयोजना प्रमुख मुन्ना शाक्यले बताए ।

उनले भने, ‘हामीले केही महिना अघि नै निर्माण कार्य सम्पन्न गरे पनि उत्पादित बिजुली जोड्ने २२० केभीको राष्ट्रिय प्रसारण लाइन निर्माण भई नसकेकाले समय लागेको थियो ।’

यहाँ प्राधिकरण अध्ययन टोली आएर जाँच गर्न थालेको र चार÷पाँच दिनसम्म परीक्षण चल्ने उनको भनाइ छ । परीक्षण सफल भएमा व्यावसायिक रुपमा बिजुली उत्पादन गरिने आयोजना प्रमुख शाक्यले बताए। यसअघि आयोजनाले विभिन्न भागको परीक्षण गरेको थियो । आयोजनाका इन्चार्ज दीपक ज्ञवालीका अनुसार इलेक्ट्रो–मेकानिकल, पेनस्टकको इनटेक, फिल्डर पाइपलगायत काम सम्पन्न गर्दै ती सबैको सफल परीक्षणसमेत भइसकेको छ ।

पेनस्टकको सात सय मिटर, तीन हजार दुई सय मिटरको सुरुङ खन्ने तथा पाइप विछ्याएको छ भने अर्को दुई हजार दुई सय ७० मिटर सुरुङ रहेको छ । आयोजनाको बाँधस्थल दुई सय १२ मिटर ‘ग्रसहेड’ रहेको छ । बेँसीसहर नगरपालिका–११ रामचोकबेँसीमा पावरहाउस रहेको छ ।

विसं २०७२ फागुनदेखि निर्माण सुरु गरिएकोे यस आयोजनाले विसं २०७५ भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको तर नाकाबन्दी, अघिल्लो वर्षायाममा विद्युत् गृहमा मस्र्याङ्दी नदीको पानी छिरेर मेशिनरी सामानमा पु¥याएको क्षति, कोरोनाका कारण जारी निषेधाज्ञा र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले पनि निर्माणमा ढिलाइ हुँदै आएको र निर्धारित समयमा काम सम्पन्न हुन नसकेर पटक–पटक म्याद थप्दै निर्माण सम्पन्न गरिएको आयोजनाले जनाएको छ ।

पछि समय थपेर विसं २०७६ चैत मसान्तसम्ममा निर्माण सक्ने सम्झौता गरे पनि सोही अवधिमा पनि निर्माण सम्पन्न नभएपछि असारसम्म सक्ने गरी म्याद बढाइएको थियो । सो समयमा पनि निर्माण सम्पन्न गर्न नसकेपछि पुस महिनामा बिजुली उत्पादन गर्ने लक्ष्यका साथ काम अघि बढाइएको थियो ।

बिजुली उत्पादन गर्न नसकेपछि विसं २०७७ चैत महिनासम्मको निर्माण अवधि रहेको तर सम्पन्न हुन नसकेको र पटकपटक समय थप गर्दै आएको यस आयोजनाले बल्ल बिजुली उत्पादन परीक्षण थालेको हो ।

 

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  ८ : ४७ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद