नेविसंघले शिक्षामन्त्रीलाई बुझायो ज्ञापनपत्र | Khabarhub Khabarhub

नेविसंघले शिक्षामन्त्रीलाई बुझायो ज्ञापनपत्र


१२ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल विद्यार्थी संघले शिक्षा क्षेत्रको सुधारको माग राख्दै शिक्षा मन्त्रीलाई २९ बुँदे ज्ञापन पत्र बुझाएको छ । सिंहदरबारमा नेविसंघले आज समग्र शैक्षिक विकासका लागि केही तत्कालिक तथा संरचनागत सुधार गर्नुपर्ने माग राख्दै विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएको हो ।

विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्र राखी विना व्याज शैक्षिक ऋण प्रदान गर्ने निर्णय यथाशीघ्र कार्यान्वयन गर्नुपर्ने, अस्वभाविक रुपमा बढाइएका शुल्क खारेज गर्नुपर्ने, विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउनुपर्ने, शैक्षिक क्षेत्रको सुरुवातमा विद्यार्थी भर्नासंगै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुराउनुपर्ने माग नेविसंघको छ ।

त्यस्तै एसईईपरीक्षा उत्तिर्ण गरी कक्षा ११ मा भर्ना भएका सम्पुर्ण विद्यार्थीकको भर्ना शुल्क ५० प्रतिशतले मिनाहा गर्नुपर्ने, दैनिक मजदुरी गरेर जीविकोपाजर्न गर्दै आएका अभिभावकहरुको सन्तानले शैक्षिक संस्थामा सहुलियत शुल्कमा अध्ययन गर्न पाउने व्यवस्था मिलाउनुपर्ने आफुहरुको माग रहेको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए ।

ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले शैक्षिक क्षेत्रमा बढेको शुल्कका बिषयमा आफुले सर्वपक्षिय छलफल गर्ने बताए । बिद्यार्थीहरुले उठाएका मागहरु सकारात्मक भएको भन्दै बिशेष ध्यान दिएर आवश्यक नीति निर्माण गरिने उनले बताए

प्रकाशित मिति : १२ भाद्र २०७९, आइतबार  १० : ५७ बजे

नेता खनाल पत्नी चित्रकारको अवस्था सुधारोन्मुख

कीर्तिपुर– जेन-जी प्रदर्शनका क्रममा घर आगजनी हुँदा गम्भीर घाइते भएकी

सिरहामा क्षति भएका प्रहरी युनिट पुनः स्थापना

सिरहा– जेन-जी पुस्ताको प्रदर्शनका क्रममा क्षति भएका यहाँका प्रहरी युनिट

पोखरा महानगरले भोलिदेखि सेवा सञ्चालनमा ल्याउँदै

गण्डकी– जेन-जी प्रदर्शनका क्रममा पोखरा महानगरपालिकाका अधिकांश कार्यालयका भवन क्षतिग्रस्त

कैलालीमा २२६ कैदीबन्दी कारागार फर्किए

अत्तरिया– कैलाली कारागारबाट भागेका २२६ जना कैदीबन्दी कारागार फर्किएका छन्

कर्णालीमा सरकारी तथा निजी १९ संरचना पूर्णरूपमा क्षतिग्रस्त

कर्णाली– कर्णाली प्रदेशमा सरकारी तथा निजी १९ वटा भौतिक संरचना