विश्व इतिहासमा आजः कर्नल रोनाल्ड म्याकेन्जीको युद्ध शिविरमा छापा देखि  ‘फाल्कन १’ को प्रक्षेपण सम्म  | Khabarhub Khabarhub

विश्व इतिहासमा आजः कर्नल रोनाल्ड म्याकेन्जीको युद्ध शिविरमा छापा देखि  ‘फाल्कन १’ को प्रक्षेपण सम्म 


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल असोज १२ गते बुधबार । सन् २०२२ को सेप्टेम्बर २८ तारिख । आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन् ।

सन् २००८ सेप्टेम्बर २८ मा निजी अन्तरिक्ष यान कम्पनी स्पेस एक्सले ‘फाल्कन १’ प्रक्षेपण गरेको थियो । यो स्पेस एक्सको चौथो प्रयास थियो । 

सन् १९८० सेप्टेम्बर २८ मा कार्ल सागनको ‘कसमोसः अ पर्सनल भोयेज’ ले आफ्नो डेब्यू गरेको थियो । १३ एपिसोडको साइन्स टेलिभिजन डक्युमेन्ट्री सिरिज पब्लिक ब्रोडकास्टिङ सर्भिसबाट प्रसारण भएको थियो । 

सन् १९२८ सेप्टेम्बर २८ मा लन्डनको सेन्ट मेरिज अस्पतालमा सर एलेक्जेन्डर फ्लेमिङले ‘पेनिसिलिन’ पत्ता लगाएका थिए । पेनिसिलिनको खोजसँगै एन्टिबायोटिक बन्यो र ब्याकटेरिया संक्रमणका कारण हुने मृत्युको संख्या पनि घटेको थियो ।

सन् १९१३ सेप्टेम्बर २८ मा मिसिसिपीको ह्यारिस्टनमा भएको रेस दंगामा १० जना मानिसको मृत्यु भएको थियो । 

सन् १९०४ सेप्टेम्बर २८ मा न्यूयोर्कको फिफ्थ एभिन्यूमा एक महिलालाई चुरोट पिएको कारण पक्राउ गरिएको थियो । 

सन् १९०१ सेप्टेम्बर २८ मा टेलिभिजन प्रस्तोता एड सुलिवनको जन्म भएको थियो । सुलिवन ‘द टोस्ट अफ द टाउन’ नामक टेलिभिजन कार्यक्रमको लागि प्रसिद्ध छन् ।

सन् १८७४ सेप्टेम्बर २८ मा टेक्सासमा भएको पालो डुरो क्यान्यनको दौरान ‘कमान्छे’‘कायोवा’ स्थित युद्ध शिविरमा कर्नल रोनाल्ड म्याकेन्जीले छापा मारेका थिए । 

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ६ : ३७ बजे

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका

अस्पताल परिसरमा इजरायली कारबाही जारी, एक हप्तामा २०० व्यक्तिको मृत्यु

तेल अभिभ – हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय