सल्यानमा जिप दुर्घटना, ८ जनाको मृत्यु | Khabarhub Khabarhub

सल्यानमा जिप दुर्घटना, ८ जनाको मृत्यु


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सल्यान– सल्यानको कपुरकोटमा जिप दुर्घटना भएको छ । कपुरकोटमा रा १ ज ५६३ नम्बरको जिप गएराति दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, एक जना घाइते भएका छन् । बिहे भोजमा सहभागी हुनेहरूलाई लिएर फर्केको जिप कपुरकोट गाउँपालिका-३ मूलपानीमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा ज्यान गुमाउनेको परिचय खुल्न सकेको छैन । घाइते तिलक वलीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता सन्तोष खनालका अनुसार प्रहरी घटनास्थल पुगेको छ । 

 जिप बुधबार बिहान करिब ३ बजे भीरबाट १५० मिटर तल खसेको हो । प्रहरीका अनुसार उक्त जिपमा ९ जना सवार रहेका थिए ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । 

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ७ : १४ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर