नवौँ राष्ट्रिय खेलकुद : उद्घाटन र समापन समारोहसहित अधिकांश खेल पोखरामा हुने « Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : उद्घाटन र समापन समारोहसहित अधिकांश खेल पोखरामा हुने


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कास्की– आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा रङ्गशालामा उद्घाटन र समापन समारोहसहित अधिकांश खेल हुने भएका छन् । प्रतियोगिताअन्तर्गत विभिन्न १५ खेल र केही फाइनल खेल उक्त रङ्गशालामा हुने भएका छन् । 

प्रतियोगिताको तयारीका लागि गठन गरिएको खेलस्थल व्यवस्थापन समितिका अनुसार रङ्गशालाभित्र ‘इनडोर’ र ‘आउटडोर’ खेल सञ्चालन हुनेछन् । पोखरा रङ्गशालाभित्र एथलेटिक्स, ब्याडमिन्टन, क्रिकेट (महिला), टेनिस, बक्सिङ, भलिबल (पुरुष), जिम्न्यास्टिक, ह्याण्डबल (महिलापुरुष), सफ्टटेनिसस्क्वासका खेल हुनेछन् ।

यसैगरी उसु, बास्केटबल (पुरुष), आर्चरी, फेन्सिङ र खोखो (महिला र पुरुष) खेल हुने तय भएको छ । पुरुष फुटबल पोखराकै गोस्तेघाट खेलमैदानमा तथा पोखरा रङ्गशालामा हुनेछन् । महिला फुटबल स्याङ्जाको वालिङ, पृथ्वीनारायण क्याम्पस र पोखरा रङ्गशालामा हुने तय भएको छ ।

पोखरा रङ्गशाला बाहिर केही खेल स्थल तोकिएका छन् । फुलकन्ट्याक्ट कराते र जुडो पोखराको प्रदर्शनी केन्द्र, शारीरिक सुगठन पोखरा सभागृह, पौडी फिस्टेल एकेडेमी तथा टेबलटेनिस कोल्मा बाहकोट समाजघरमा हुनेछ । महिला हक्की गण्डकी बोर्डिङ स्कुल  र पुरुषको गौरीशङ्कर खेलमैदान, भारत्तोलन पोखरा उद्योग वाणिज्य सङ्घ, गल्फ हिमालयन गल्फ कोर्ष, साइक्लिङ रानीवन, ट्रायथोलन लेकसाइड, प्याराग्लाइडिङ सराङकोट, रग्वी भण्डारढिक खेलमैदान र कबड्डी रञ्जित पार्टी प्यालेसमा सञ्चालनको तयारी गरिएको छ ।

प्रतियोगिताका ३६ खेलमध्ये सुटिङबाहेक गण्डकीमा हुँदैछन् । पूर्वाधार नभएकाले सुटिङ काठमाडौँमा हुने खेलस्थल व्यवस्थापन समितिका उपसमितिका संयोजक राजेश गुरुङले बताए । पुरुष क्रिकेट यसअघि नै काठमाडौँमा सम्पन्न भइसकेको छ । गण्डकीका मनाङ, मुस्ताङ, लमजुङ र तनहुँ बाहेकका जिल्लामा खेल खेलाइँदैछ । राष्ट्रिय खेलकुद आउन अब दुई साता बाँकी रहँदा तोकिएका खेलका पूर्वाधारको मर्मत र सरसफाइ सुरु भएको छ । 

प्रतियोगितालाई भव्य बनाउनका लागि पूर्वाधारको स्तरोन्नतिको काम सुरु भएको राष्ट्रिय खेलकुद परिषद् मातहतको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए । उनका अनुसार तोकिएका खेलस्थललाई खेल्न योग्य बनाउने तथा पूर्वाधार स्तरोन्नति, बत्ती, सरसफाइ, पानीको व्यवस्थालगायतका काम भइरहेका छन् । दशैँअघि पूर्वाधारको मर्मत सम्पन्न गर्ने योजना छ ।

योगीले भने, ‘राष्ट्रिय खेलकुदका लागि तोकिएको खेल पूर्वाधारलाई राम्रो बनाउनका लागि स्तरोन्नति र मर्मत तथा सरसफाइ काम भइरहेको छ । खेलस्थलमा बत्ती, सरसफाइ, पानीको सुविधा, शौचालयको सरसफाइ तथा रङ्गरोगनलगायत काम सकेर व्यवस्थित प्रतियोगिता सञ्चालन गर्ने योजना छ ।’

यही असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय  खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशबाट सात सय दुई खेलाडीले नाम दर्ता गराएका छन् । गण्डकीले सहभागिता जनाउने सबै खेलको अहिले विशेष प्रशिक्षण भइरहेको छ । दशैँलगत्तै बन्द प्रशिक्षण हुने प्रदेश खेलकुद परिषद्ले जनाएको छ । 

 

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ८ : २१ बजे

सलमान-रश्मिकाको ‘सिकन्दर’ फ्लप, स्क्रिप्ट फिल्मभन्दा फरक भएको खुलासा

काठमाडौं – बलिउड सुपरस्टार सलमान खान र दक्षिणकी चर्चित अभिनेत्री

प्रेम आलेलाई टिकट दिएपछि जब भीम रावलले माधव र प्रचण्डलाई ‘झपारे’

काठमाडौं- पूर्वपर्यटन मन्त्री प्रेम आले नेकपा एकीकृत समाजवादी पार्टी कायम

जापानमा मध्यावधि चुनावको घोषणा हुने

एजेन्सी – जापानका प्रधानमन्त्री साने ताकाइचीले आफ्नो महत्त्वाकांक्षी नीतिगत एजेन्डालाई

शेखरकहाँ टिकट माग्‍नेको भिड, अहिलेसम्म भएको छैन गगनसँग संवाद

काठमाडौं- मंगलबार मनोयन गर्नुपर्ने समय आइसक्दा पनि नेपाली कांग्रेसभित्रको अन्योल

असहमति भए पनि पार्टी निर्वाचनमा पूर्ण रूपमा सहभागी भइसक्यो : अध्यक्ष लिङ्देन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन प्रणालीका बारेमा