प्रेम आलेलाई टिकट दिएपछि जब भीम रावलले माधव र प्रचण्डलाई ‘झपारे’ « Khabarhub

प्रेम आलेलाई टिकट दिएपछि जब भीम रावलले माधव र प्रचण्डलाई ‘झपारे’


५ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वपर्यटन मन्त्री प्रेम आले नेकपा एकीकृत समाजवादी पार्टी कायम रहेकै बेला २०८१ कात्तिक ५ गतेदेखि सम्पर्कमा थिएनन् ।

त्यसअघि नै निष्क्रिय उनले एकीकृत समाजवादीको त्यसबेला भएको महाधिवेशन पनि बहिष्कार गरेर भारत घुम्न गएका थिए ।

डोटीबाट २०९ सालमा प्रतिनिधिसभा सदस्यमा विजयी आले अध्यक्ष माधवकुमार नेपालसँगको कलहका कारण समाजवादीबाट बाहिरिएका थिए । त्यसपछि उनी नेपाली कांग्रेस र नेकपा एमालेमध्ये एकमा प्रवेश गर्ने चर्चा थियो ।

महाधिवेशनमा भाग नलिएका उनले त्यसबेला पार्टी छोडिसकेको घोषणा गरेका थिए । त्यसपछि पार्टी नेतृत्वमा सम्पर्कमा नरही गुमनाम बसेका उनलाई माघ ३ मा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पेरिस डाँडामा बोलाएर टिकट थमाइदिए ।

डोटीमा २०७०, २०७४ र २०७९ तीन पटक लगातार चुनाव जितेका आलेले यस पटक आश्चर्यजनक निर्णय गर्दै चुनावी क्षेत्र परिवर्तन गरे। उनलाई प्रचण्डले कैलाली क्षेत्र नम्बर ५ को टिकट थमाइदिए ।

अघिल्लो पटक डोटीबाट प्रतिनिधिसभामा विजयी हुँदा उनलाई नेपाली कांग्रेसले सघाएको थियो । एमाले फुटाएर समाजवादी बन्दा महत्वपूर्ण भूमिका खेलेका उनी मन्त्री पनि भए ।

तर अहिले अचानक उनले प्रचण्ड नेतृत्वको नेकपामा प्रवेश गर्दै सांसदको टिकटसमेत लिएका छन् । उनी अहिले कांग्रेस नेता वीरबहादुर बलायर २०७९ मा डोटीबाट कैलाली झरेजस्तै बसाइँ सरेका हुन् ।

तर उनको यो बसाइँसराइ र नेकपाको टिकट हात पारेको प्रकरणमा नेकपाका अर्का नेता डा. भीम रावल भने रिसाएका छन् ।

सुदूरपश्चिममा आफ्नो कमान्ड कायम गर्न चाहेका रावलले आफूलाई थाहै नदिई प्रचण्डले टिकट दिएको थाहा पाएपछि रोष प्रकट गरेका छन् ।

नेकपाका एकजना नेताका अनुसार रावलले आइतबार संयोजक प्रचण्ड र सह-संयोजक माधवकुमार नेपाललाई फोन गरेर झपारेका छन् ।

‘तपाईंहरूको यो निर्णय विलकुलै ठिक भएन । कम्तीमा परामर्शसमेत नगरी किन टिकट दिनु भयो आलेलाई ?’, रावलको भनाइबारे ती नेताले भने, ‘यो राम्रो भएन । मसँग पनि सल्लाह र परामर्श नगरी आलेलाई टिकट दिनु उचित कदम भएन ।’

रावलले अहिले नेकपाबाट सुदूरपश्चिममा भइरहेको टिकट वितवरणमा विशेष चासो राखिरहेका छन् । उनले पार्टीको पक्षमा नतिजा पार्नका लागि कम्तीमा संयोजक र सहसंयोजकले आफूसँग नसोधी निर्णय गर्न नहुने अडान लिएका छन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ३ : ११ बजे

संघीय र प्रदेश सांसदसँग ललितपुर महानगरको छलफल

ललितपुर : ललितपुर महानगरले आर्थिक वर्ष २०८३–०८४ को नीति तथा

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात : अल्जेरिया ३-0 ले पराजित

काठमाडौँ – साविक विजेता अर्जेन्टिनाले विश्वकपमा विजयी सुरुवात गरेको छ

विश्वकपमा मेसी : १६ गोलको कीर्तिमानमा बराबरी

काठमाडौँ – विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले विश्वकप इतिहासमा अर्को

विश्वकप फुटबल : अल्जेरियाविरुद्ध मेसीको ह्याट्रिक

काठमाडौँ – विश्वकप फुटबल २०२६ को पहिलो खेलमा अर्जेन्टिनाका कप्तान

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालनको तयारी

काठमाडौँ– नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा ल्याउनेगरी आवश्यक तयारी