एक लाख ५८ हजार मतदाता कायम « Khabarhub

एक लाख ५८ हजार मतदाता कायम


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दैलेख– आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दैलेखमा एक लाख ५८ हजार आठ सय ५८ मतदाता कायम रहेका छन् । दुई संघीय निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा पुरुष ७९ हजार चार सय २० र महिला ७९ हजार चार सय ३८ मतदाता कायम भएका छन् ।

दुई संघीय निर्वाचन क्षेत्र, चार प्रदेशसभा क्षेत्र रहेको दैलेखमा कुल मतदानस्थल दुई सय सात र मतदान केन्द्र एक सय ३९ वटा कायम भएको निर्वाचन कार्यालयका सूचना अधिकारी विवेक पुरीले जानकारी दिए । संघीय निर्वाचन क्षेत्र नं १ मा पुरुष ३८ हजार नौ सय ४४ र  महिला ३९ हजार तीन सय ३८ मतदाता छन् । दैलेख क्षेत्र नं १ मा ७३ मतदानस्थल र एक सय तीन मतदान केन्द्र छन् ।

यसैगरी दैलेख क्षेत्र नं २ मा पुरुष ४० हजार पाँच सय ७६ र महिला मतदाता ४० हजार एक सय छन् । यस क्षेत्रमा ६६ मतदानस्थल र एक सय चार मतदान केन्द्र रहेका कार्यालयले जनाएको छ । यस्तै चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको दैलेखमा क्षेत्र नं १ को (क) मा ३५ हजार चार सय ९९ मतदाता रहेका छन् । पुरुष १७ हजार आठ सय ९५ र महिला १७ हजार छ सय चार मतदाता छन् । यस प्रदेशसभा निर्वाचन क्षेत्रमा ३३ मतदानस्थल र ४७ मतदान केन्द्र छन् ।

प्रदेशसभा क्षेत्र नं १ (ख) मा ४२ हजार सात सय ८३ मतदाता छन् । चालीस मतदानस्थल र ५६ मतदान केन्द्र रहेको यस क्षेत्रमा पुरुष २१ हजार ४९ र महिला २१ हजार सात सय ३४ मतदाता छन् । 

यस्तै दैलेख निर्वाचन क्षेत्र नं २ प्रदेशसभा निर्वाचन क्षेत्र (क) मा ३९ हजार एक सय ९८ मतदाता छन् । पचास मतदान केन्द्र र ३१ मतदानस्थल रहेको यस क्षेत्रमा पुरुष १९ हजार पाँच सय ४१ र महिला १९ हजार छ सय ८४ मतदाता छन् । क्षेत्र नं २ अन्र्तगत प्रदेशसभा निर्वाचन क्षेत्र (ख) मा ४१ हजार चार सय ७८ मतदाता छन् । ३५ मतदानस्थल र ५४ मतदान केन्द्र रहेको यस क्षेत्रमा महिला २० हजार चार सय १६ र पुरुष २१ हजार ६२ मतदाता रहेका सूचना अधिकारी पुरीले बताए ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ९ : ५१ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल