छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।

सल्यानको कपुरकोट गाउँपालिका–३ मूलपानीस्थित सडकमा रा.१ ज ५६३ नम्बरको जिप बुधबार बिहान दुर्घटना हुँदा जिपमा सवार ८ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ३५ वर्षीय तिलक ओलीको प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको छ ।

बाँकेको नेपालगन्जबाट सल्यानको रिमतर्फ जाँदै गरेको उक्त जिप दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सल्यान, इलाका प्रहरी कार्यालय लुहाम र प्रहरी चौकी कपुरकोटबाट खटिएको प्रहरीले मृतक तथा घाइतेको उद्धार गरेको थियो ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ भन्सार गेट अगाडि सडकमा यूपी ४० एसी ०८५७ नम्बरको मोटरसाइकल मंगलबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भारत बहराइच उत्तर प्रदेश बस्ने ३२ वर्षीय सन्दिप कुमार साहु रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार नेपालगन्ज उपमहानगरपालिका–१५ रुपडिया बस्ने २२ वर्षीय पृथ्वी राजपुतको सोही अस्पतालमा उपचार भइरहेको छ ।

खोटाङको खोटाङ रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माडाँडास्थित सडकमा प्रदेश नम्बर १–०२–००३ त १४९२ नम्बरको ट्रयाक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

ट्रयाक्टरमा सवार सोही नगरपालिका–११ बस्ने ५६ वर्षीय टेक बहादुर राईको मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  १२ : ४४ बजे

पेट्रोलको मूल्य २० रुपैयाँले घट्यो

काठमाडौँ । पेट्रोल प्रतिलिटर २० र डिजेलको मूल्य ३० रुपैयाँले

चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले