छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु « Khabarhub

छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ ।

सल्यानको कपुरकोट गाउँपालिका–३ मूलपानीस्थित सडकमा रा.१ ज ५६३ नम्बरको जिप बुधबार बिहान दुर्घटना हुँदा जिपमा सवार ८ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने ३५ वर्षीय तिलक ओलीको प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको छ ।

बाँकेको नेपालगन्जबाट सल्यानको रिमतर्फ जाँदै गरेको उक्त जिप दुर्घटना भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सल्यान, इलाका प्रहरी कार्यालय लुहाम र प्रहरी चौकी कपुरकोटबाट खटिएको प्रहरीले मृतक तथा घाइतेको उद्धार गरेको थियो ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ भन्सार गेट अगाडि सडकमा यूपी ४० एसी ०८५७ नम्बरको मोटरसाइकल मंगलबार राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भारत बहराइच उत्तर प्रदेश बस्ने ३२ वर्षीय सन्दिप कुमार साहु रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङ होम बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार नेपालगन्ज उपमहानगरपालिका–१५ रुपडिया बस्ने २२ वर्षीय पृथ्वी राजपुतको सोही अस्पतालमा उपचार भइरहेको छ ।

खोटाङको खोटाङ रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माडाँडास्थित सडकमा प्रदेश नम्बर १–०२–००३ त १४९२ नम्बरको ट्रयाक्टरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

ट्रयाक्टरमा सवार सोही नगरपालिका–११ बस्ने ५६ वर्षीय टेक बहादुर राईको मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रयाक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  १२ : ४४ बजे

रास्वपाको उद्घोष सभापछि यस्तो देखियो कार्यक्रमस्थल (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनुषाको जनकपुरमा परिवर्तन उद्घोष

धमाधम कांग्रेसको टिकट बाँड्दै गगन, कस-कसले पाए उम्मेदवारी पत्र ?

काठमाडौं- नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले

मुलुकमा शान्ति र स्थायित्वका लागि सबै समुदायबीच एकता अपरिहार्य : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थायित्वका लागि सबै

दक्षिण अफ्रिकामा विद्यार्थी बोकेको मिनीबस ट्रकसँग ठोक्किँदा १२ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रीकाको जोहानेसबर्ग स्थित एक स्कुलका विद्यार्थीहरू बोकेको मिनीबस

माघ २० गतेभित्र हातहतियार बुझाउन निर्देशन

पर्वत– जिल्ला प्रशासन कार्यालय पर्वतले यही माघ २० गते भित्र