हवाइमार्गले जोडेको गन्तव्य, तर उडान भर्ने जहाज छैनन् « Khabarhub

हवाइमार्गले जोडेको गन्तव्य, तर उडान भर्ने जहाज छैनन्


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सुर्खेत-  सडक पहुँच नभएको हुम्लादेखि हिमाली जिल्लाहरूमा हवाइमार्गले नै जोड्दै आएको छ । हवाइमार्ग भारी रकम भुक्तान गरेर पनि जान र आउन फलामको चिउरा चपाएझैँ हुँदै आएको छ ।

सडक यातायातको सहज पहुँच नभएको डोल्पामा जाने र आउने अधिकांश यात्रुहरूले हवाइ सेवा नै प्रयोग गर्दै आएका छन् । कर्णालीमा हवाइ यात्रा विदेशी मुलुकमा जाने रकमभन्दा बढी कायम हुँदै आएको छ । जुम्ला, मुगु र हुम्लामा समेत हवाई यातायातको उस्तै समस्या छ ।

कर्णालीमा उडान भर्दै आएका निजी प्रदायक कम्पनीका हवाइ जहाजहरुले पूर्वतिर उडान भरेपछि यता समस्या परेको हो । डोल्पाा ठूलिभेरी नगरपालिकाकी भीमा केसीले कर्णालीमा हवाइ जहाज उडान भर्नका लागि पर्यटनमन्त्रीले ध्यान दिनुपर्ने सामाजिक सञ्जालमा पीडा पोखेकी छन् ।

लामो समयपछि नेपाल वायुसेवा निगमको जहाजले डोल्पामा बुधबार एक पटक मात्र उडान भर्न लागेको छ । डोल्पा उडान भरेर काठमाडौँ उडान गर्ने तयारी रहेको छ । कर्णालीमा सीता, तारा, समिट र नेपाल एयरलाइन्सले उडान भर्छन् ।

चाडबाडका बेला जहाज नै उपलब्ध नहुँदा यात्रुहरूलाई सास्ती हुने गरेको छ ।  कर्णालीका लागि न भरपर्दो हवाइसेवा छ, न त सुरक्षित सडक यात्रा नै । दसैंतिहारजस्ता चाडमा पनि ज्यानको बाजी लगाएर आउजाउ गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।

नेपाल एयरलाइन्सले पनि नियमित तालिकाअनुसार उडान नगरिदिँदा यात्रुहरूले सास्ती भोग्नु परेको स्थानीयको गुनासो छ । जुम्ला सडक यातायातको पहुँचमा रहे पनि कर्णाली राजमार्गको स्तरोन्नतिको अभाव तथा बाटोको नाजुक अवस्थाले हवाइ यतायातकै बढी प्रयोग हुने गरेको छ ।

हरेक चाडबाडका बेला र पर्यटक आउने सिजनमा नेपाल एयरलाइन्सले पनि नियमित सेवा दिएको छैन । विशेषगरी निजी हवाइ कम्पनीका जहाजहरू पनि दसैँ तथा तिहारका बेला जुम्लामा उडान गर्दैनन् । जहाजहरू पर्यटक ओसार्ने भन्दै पूर्वतिर सारेपछि कर्णालीका जनता सेवाबाट वञ्चित भएका हुन् ।

हप्ता दिनअघि मात्र जुम्लास्थित जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले भने संस्कृति पर्यटन तथा यातायात मन्त्रीलाई कर्णालीमा नियमित उडान गर्नको लागि पहल गर्न माग गरिएको बताए ।

भौगोलिक रूपमा अत्यन्तै कठिन र सहज यातायात नभएको कर्णालीका हिमाली जिल्लाहरूको एक मात्र विकल्प हवाइ यातायात सेवालाई लिइन्छ । यसैले पनि हवाइ सेवा नियमित गर्नुपर्ने स्थानीय अगुवाहरूको माग छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  १ : ०१ बजे

कांग्रेसको देउवा पक्षको १५औँ महाधिवेश प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र