वन पाखा मासेर अवैध ढुंगाखानी सञ्चालन | Khabarhub Khabarhub

वन पाखा मासेर अवैध ढुंगाखानी सञ्चालन


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नुवाकोट- नुवाकोटको बेलकोटगढीमा गाउँगाउँमा अवैध ढुंगाखानी सञ्चालन भएका छन् । दर्ताबिनाको ढुंगाखानी चलाएर ठेकेदारहरूले स्थानीय स्रोतसाधनमाथि दोहन मात्र गरेका छैनन्, राज्यले पाउनुपर्ने करोंडौ राजश्वसमेत छलेका छन् । अवैध खानी सञ्चालन गर्न चलाइएका स्काभेटरले बनपाखा रित्तिनुका साथै सिंगो बस्ती नै जोखिममा पर्ने अवस्था सिर्जना भएको छ ।

नुवाकोटको बेलकोट गढी वडा नम्बर १३ मा बनिरहेको बाराही शक्ति मावि बडारे बस्नेत गाउँ सडकखण्ड अन्तर्गतको सात किलोमिटर सडक अहिलेसम्म अलपत्र छ । सडक अलपत्र छाडेर ठेकेदारहरू अवैध खानी सञ्चालन गर्न लागेका छन् ।

नागार्जुन कल्पवृक्ष निर्माण कम्पनीले निर्माणको जिम्मा पाएको उक्त सडकका लागि यत्तिखेर सिँगारे खोलामा अवैध खानी सञ्चालन भइरहेको छ । सडक बनाउने जिम्मा पाएको नागार्जुन कल्पवृक्ष निर्माण सेवा र त्यसका सञ्चालक रामबाबु जिसीले अवैध खानीबाट दैनिक एक सयभन्दा टिप ढुंगा निकाल्ने गरेका छन् । तर सम्बन्धित निकायको ध्यान यसतर्फ जान सकेको छैन ।

अवैध खानी सञ्चालन गरेको भन्दै जिसीविरुद्ध वडा कार्यालयमा समेत उजुरी परको छ । कानुनतः निर्माण व्यवसायीले सडकको काम गर्दा अवैध खानी सञ्चालन गर्ने र अवैध खानीको सामग्री किन्न पाउँदैनन् । नाफाका लागि गाउँमै अवैध खानीबाट ढुंगा झिक्ने र राज्यलाई फर्जी विल दिएर रकम असुल्ने धन्दामा लागेका जिसी हाकाहाकी भन्ने गरेका छन् । लालपुर्जा भएको जग्गामा किन खानी चलाउन पाइन्न भन्दै उनले कारबाही गरेर देखाउन चुनौतीसमेत दिने गरेका छन् । खोला, वन, बस्ती, हाइटेन्सनलगायतका क्षेत्र वरपर खानी खोल्न प्रतिबन्ध लगाइएको छ ।

जिसीको कम्पनीले बनाइरहेको वाल, ग्राभेलिङलगायतका काममा गुणस्तरहीन सामान प्रयोग भइरहेको इन्जिनियरहरूले नै बताउन थालेका  छन् । पूर्वाधार विकास कार्यालय नुवाकोटका इन्जिनियरले गुणस्तरहीन सामानको प्रयोग गरेर सडक निर्माण भइरहेको भन्दै पटक पटक उनलाई सचेत गराए पनि जिसीले त्यसको बेवास्ता गर्दै आएका छन् ।

आफूले निर्माण गरिरहेको सडकमा कमसल सामान प्रयोग भएको उनले स्विकारेका छन् । उनले आफूले धेरैतिर काम लिएकाले सडकको काम के भइरहेको छ हेर्नेसमेत नपाइरहेको दाबी गरे । नुवाकोटका दर्ता भएका धेरै खानी अवैध भएको भन्दै आफूले पनि खानी सञ्चालन गर्न पाउनुपर्ने दाबी गरे । ‘दर्ता गरेका खानी पनि मापदण्डअनुसार छैनन् । सडक बनाउन सामग्री धेरै टाढाबाट ल्याउन सम्भव भएन, त्यसैले ढुंगा निकालिएको हो, यसलाई ठूलो विषय नबनाउनुहोस्,’ उनले भने ।

अवैध खानी सञ्चालनका विषयमा वडा कार्यालयमा उजुरी र गुनासो आइरहेको वडाध्यक्ष नवराज पाण्डेले बताए । उनले यो विषयमा आफूले पूर्वाधार कार्यालय र सम्बन्धित निकायसँग बुझिरहेको बताए ।

सडक अनुगमनको जिम्मा पाएका बेलकोटगढी नगरपालिकाका उपमेयर शिवप्रसाद दाहालले पनि अवैध ढुंगाखानी सञ्चालन गर्नु आपत्ति  भएको बताए । ‘बिना अनुमति यदि कसैले ढुंगाखानी सञ्चालन गरेको हो भने त्यसलाई तत्काल रोक्नुपर्छ, कानुनी कारबाहीमा ल्याउनुपर्छ,’ दाहालले भने ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ४ : ०१ बजे

भारतमा छोरी मारिइन्, राहत रकम आफन्तले लुटे

सुर्खेत – छोरीको हत्या भएपछि राहतवापत् भारत सरकारले प्रदान गरेको

सुडानमा अर्धसैनिक बलको आक्रमण, १३ सर्वसाधारणको मृत्यु

एजेन्सी– पश्चिमी सुडानको उत्तरी डार्फर राज्यको राजधानी एल फासेरमा अर्धसैनिक

प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८२ पारित

काठमाडौं– प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८२ पारित भएको छ । प्रतिनिधिसभाको

सभागृहमा सुरु भयो जबजका तीन दशक राष्ट्रिय गोष्ठी, पूर्वराष्ट्रपतिले राजनीतिक पुनरागमनको घोषणा गर्ने

काठमाडौं – जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको ७४औं स्मृति

‘नेपालको उज्यालो भविष्य जनताको बहुदलीय जनवादको माध्यमबाट पूरा हुन्छ’

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्पर्क समन्वय समितिद्वारा पार्टीका तत्कालीन