चलचित्र ‘मिलन’ को टिकटक बनाउनेलाई २५ हजार | Khabarhub Khabarhub

चलचित्र ‘मिलन’ को टिकटक बनाउनेलाई २५ हजार


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिल्म ‘मिलन’को नयाँ गीत ‘तिम्रो इसारा काफी छ’ सार्वजनिक गरिएको छ ।

आगामी तिहारको अवसरमा १८ कात्तिकबाट प्रदर्शनमा आउने तयारीमा रहेको ‘मिलन’ को सार्वजनिक गीतमा प्रबिशा अधिकारी र कौशलराज खड्काको स्वर रहेको छ । रोमान्टिक गीतमा राजु सेन्चुरीको शब्द तथा संगीत रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेता कुशल शाह ठकुरी र अभिनेत्री शिल्पा थापालाई फिचर्ड गरिएको छ । साथै, फिल्मको टिमले टिकटक प्रयोगकर्ताका लागि नयाँ अफर ल्याएको छ । सार्वजनिक उक्त गीतमा टिकटक बनाउने तथा गीतको क्लिप अपलोड गर्नेहरूका लागि नगदसहितको पुरस्कार पाउन सक्ने योजना ल्याएको हो ।

सार्वजनिक गरिएको गीतको क्लिप काटेर आफ्नै टिकटकमा अपलोड गर्न सकिनेछ । निर्माण टिमले भ्युजको आधारमा उत्कृष्ट पाँच छनोट गरेर क्रमशः २५ हजार, १५ हजार, १० हजार र पाँच हजार प्रदान गरिनेछ ।

गीतमा टिकटक बनाउने उत्कृष्ट १० हजारलाई पनि नगद पुरस्कार दिइने बताइएको छ । फिल्मका निर्देशक टेक पौरखी राईका अनुसार राम्रो टिकटक बनाउनेहरूको पनि भ्युज नआउन सक्ने भन्दै टिकटकको भ्युज नहेरेर ‘क्रिएटिभ’ टिकटकलाई स्थान दिइनेछ । छनोटमा परेका १० टिकटकमध्ये पहिलोलाई १० हजार र क्रमशः ९, ८, ७ गर्दै एक हजारसम्म जित्ने अवसर प्रदान गरिनेछ ।

यो अवधि जम्मा १० दिनका लागि राखिएको छ । गीत सार्वजनिक भएको मिति १० असोजदेखि २० असोजसम्म आफ्नो टिकटकको स्क्रिनसट मिलन फिल्मको अफिसियल फेसबुक पेजमार्फत पठाउनुपर्नेछ ।

कुशल शाह ठकुरी, सलोन बस्नेत र अभिनेत्री शिल्पा थापाबीचको त्रिकोणात्मक प्रेम कथामा निर्माण भएको यस फिल्मको कथा पनि निर्देशक राईले नै लेखेका हुन् । फिल्ममा कुशल, सलोन र शिल्पासँगै शिशिर बांग्देल, सुमिन गुरुङ, जानुका पौडेल, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको पनि अभिनय रहेको छ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ५ : ११ बजे

निर्वाचन तोकिएकै मितिमा हुन्छ : गृहमन्त्री अर्याल

जनकपुरधाम– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभाको निर्वाचन तोकिएकै मितिमा हुने बताएका

मधेश प्रदेशसभा सदस्य शर्माको घरमा आगजनी

पर्सा – मधेश प्रदेशसभा सदस्य विनादेखी शर्माको वीरगञ्ज महानगर–६ स्थित

देउवा दम्पती उपचारका लागि सिंगापुर प्रस्थान (तस्बिरहरू)

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य

‘अब सुन्छ अमेरिका’ टुर सकिएपछि एलिनाले भनिन्– कलाकारलाई नोकरझैँ गरियो, कैदीझैँ राखियो

काठमाडौँ– फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक

नेदरल्यान्ड्सका म्याक्स ओ डाउड कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि कर्णाली