विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ५ जना पक्राउ  « Khabarhub

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ५ जना पक्राउ 


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय एम्पुल, फेनारगन १ सय एम्पुल र बुप्रोनोर्फिन १ सय एम्पुल सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी सुनौलो नगरपालिका–२ बस्ने २७ वर्षीय निर्मल कार्की छन् । उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बिर्तामोडबाट काठमाडौँतर्फ आउँदै गरेको ना.६ ख १५९१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका–१३ बाफलबाट नियन्त्रित लागूऔषध फेनारगन ९ सय एम्पुल, नोर्फिन ९ सय एम्पुल र डाइजेपाम ९ सय एम्पुल सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बारा कलैया नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१४ बल्खु बस्ने २२ वर्षीय रामेश्वर साह र सोही ठाउँ बस्ने २२ वर्षीय राज कुमार साह रहेका छन् ।

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । रौतहटको इशनाथ नगरपालिका–८ मनसरी टोलबाट करिब २५ किलो गाँजासहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत मोतिहारी बस्तपुर बस्ने २० वर्षीय दिपेन्द्र मुखिया र सितामढी किसानपुर बस्ने १९ वर्षीय अशोक कुमार दास रहेका छन् ।

प्रहरी चौकी रामपुरखापबाट खटिएको प्रहरीलाई देख्नासाथ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूले उक्त गाँजा फालि मोटरसाइकल सहित फरार भएपछि उक्त गाँजा फेला पारी प्रहरीले बरामद गरेको हो ।

फरार भएका उनीहरूको खोजी गर्ने क्रममा प्रहरी चौकी जयनगरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ६ : ०१ बजे

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय

अभिजीत दिपकेलाई टाइफाइड, कति खतरनाक हुन सक्छ यो रोग?

नयाँदिल्ली- करिब एक महिना लामो आन्दोलनमा खटिएकाभ ककरोज जनता पार्टीका

नारायणी अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन

वीरगञ्ज– नारायणी अस्पतालमा शनिबार भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति

धर्मेन्द्र प्रधानको राजीनामापछि प्रह्लाद जोशी बने भारतका नयाँ शिक्षा मन्त्री

नयाँदिल्ली- धर्मेन्द्र प्रधानको राजीनामापछि भारतले नयाँ शिक्षा मन्त्री पाएको छ।

सरकारी टोली र डाक्टर केसीका प्रतिनिधिबीच वार्ता शुरु 

धनगढी– बिहीबारदेखि अनशनमा बसेका डाक्टर गोविन्द केसीका मागबारे सरकारी वार्ता