विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ५ जना पक्राउ  « Khabarhub

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ५ जना पक्राउ 


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाइजेपाम १ सय एम्पुल, फेनारगन १ सय एम्पुल र बुप्रोनोर्फिन १ सय एम्पुल सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरी सुनौलो नगरपालिका–२ बस्ने २७ वर्षीय निर्मल कार्की छन् । उनलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बिर्तामोडबाट काठमाडौँतर्फ आउँदै गरेको ना.६ ख १५९१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका–१३ बाफलबाट नियन्त्रित लागूऔषध फेनारगन ९ सय एम्पुल, नोर्फिन ९ सय एम्पुल र डाइजेपाम ९ सय एम्पुल सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बारा कलैया नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–१४ बल्खु बस्ने २२ वर्षीय रामेश्वर साह र सोही ठाउँ बस्ने २२ वर्षीय राज कुमार साह रहेका छन् ।

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । रौतहटको इशनाथ नगरपालिका–८ मनसरी टोलबाट करिब २५ किलो गाँजासहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत मोतिहारी बस्तपुर बस्ने २० वर्षीय दिपेन्द्र मुखिया र सितामढी किसानपुर बस्ने १९ वर्षीय अशोक कुमार दास रहेका छन् ।

प्रहरी चौकी रामपुरखापबाट खटिएको प्रहरीलाई देख्नासाथ मोटरसाइकलमा आउँदै गरेका व्यक्तिहरूले उक्त गाँजा फालि मोटरसाइकल सहित फरार भएपछि उक्त गाँजा फेला पारी प्रहरीले बरामद गरेको हो ।

फरार भएका उनीहरूको खोजी गर्ने क्रममा प्रहरी चौकी जयनगरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ६ : ०१ बजे

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि