खोटाङमा अशक्त लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता दिन शिविर सञ्चालन « Khabarhub

खोटाङमा अशक्त लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता दिन शिविर सञ्चालन


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खोटाङको साकेला गाउँपालिकाले ४८३ जना अशक्त लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न शिविर सञ्चालन गरेको  छ । नेपाल एसबिआई बैंकसँगको सहकार्यमा गाउँपालिकाले ज्येष्ठ नागरिक, अशक्त अवस्थाका नागरिक तथा आफैँ हिँडेर बैंकसम्म पुग्न नसक्ने लाभग्राहीलाई शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

दशैं तिहारलाई लक्षित गर्दै गत ४ असोजदेखि साकेला गाउँपालिका–५ मात्तिमबिर्ताबाट सुरु गरिएको भुक्तानी शिविर ११ असोजसम्म साकेला गाउँपालिका–३ खिदिमा पुगेर टुंगिएको छ ।

पालिकाका सबै वडा पुगेर सञ्चालन गरिएको भुक्तानी शिविरबाट सामाजिक सुरक्षा भत्ताबापत अशक्त लाभग्राहीलाई ६६ लाख ७२ हजार ३०० रुपैयाँ वितरण गरिएको गाउँपालिकाका सामाजिक सुरक्षा शाखा प्रमुख डिएम चाम्लिङ राईले बताए ।

साकेला गाउँपालिका–५ मात्तिमबिर्तामा सञ्चालन गरिएको शिविरबाट ९० जना लाभग्राहीलाई १२ लाख ४९ हजार, असोज ५ गते साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा सञ्चालन भएको शिविरमा ८२ जना लाभग्राहीलाई १२ लाख ९२ हजार, असोज ६ गते साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित डाँडागाउँमा सञ्चालन गरिएको शिविरबाट ७८ लाभग्राहीलाई १० लाख २५ हजार भत्ता वितरण गरिएको छ ।

यस्तै, असोज ७ गते साकेला गाउँपालिका–२ रतन्छामा सञ्चालन गरिएको शिविरबाट ११० जना लाभग्राहीलाई १४ लाख ९२ हजार, असोज ९ गते साकेला गाउँपालिका–४ मात्तिममा सञ्चालन गरिएको शिविरबाट ५९ जना लाभग्राहीलाई ८ लाख ९८ हजार र असोज ११ गते खिदिमामा सञ्चालन गरिएको शिविरमार्फत ६४ जना लाभग्राहीलाई ८ लाख ४५ हजार रकम भुक्तानी गरिएको नेपाल एसबिआई बैंक साकेला शाखाका शाखा प्रबन्धक असिम इङ्नाम लिम्बूले बताए । बैंकसम्म पुग्न सक्ने अन्य लाभग्राहीले भने बैंकबाटै सामाजिक सुरक्षा भत्ता बुझिरहेका छन् ।

विभिन्न प्रकारका १ हजार ३१५ लाभग्राही रहेको गाउँपालिकामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकका लागि १ करोड २३ लाख ६ हजार ३३० रुपैयाँ भत्ता निकासा भएको थियो । सामाजिक सुरक्षा भत्तामा व्यापक अनियमितता भएको गुनासो सार्वजनिक भएपछि साकेला गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को दोश्रो चौमासिकदेखि नेपाल एसबिआई बैंकको साकेला शाखामार्फत सामाजिक सुरक्षा भत्ता भुक्तानी गर्दै आएको छ ।

तर, वृद्धाअवस्था, अशक्तताका कारण बैंकसम्म पुग्न नसक्ने लाभग्राहीलाई लक्षित गरि गाउँपालिकाले वडा–वडामा शिविर सञ्चालन गरेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दैआएको छ । गाउँपालिका र बैंकबीच वर्षको तीन पटक गाउँगाउँमा शिविर सञ्चालन गरेर भत्ता वितरण गर्ने सम्झौता भएको गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले बताए ।

 

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ९ : ०० बजे

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ– माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको

दिक्तेलको भानुचोकमा राष्ट्रिय विभूति आचार्यको सालिक पुनर्निर्माण सुरु

खोटाङ– राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुननिृर्माणको काम सुरु

स्याङ्जाको राम्चेडाँडालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गरिँदै

स्याङ्जा- स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको