बाढीपछि पाकिस्तानलाई विदेशी सहायता : १५ करोड डलर प्राप्त, ४ करोडभन्दा कम खर्च | Khabarhub Khabarhub

बाढीपछि पाकिस्तानलाई विदेशी सहायता : १५ करोड डलर प्राप्त, ४ करोडभन्दा कम खर्च


१२ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा बाढीपीडितलाई सहयोगका लागि विदेशबाट आएको सहायता रकममा ठूलो भ्रष्टाचार भएको देखिएको छ ।

पाकिस्तानमा आएको बाढीका कारण हालसम्म १६ सयभन्दा धेरैको ज्यान गइसकेको छ भने अरु कैयौँ विस्थापित भएका छन् ।

मनसुनी वर्षासँगैको बाढीबाट प्रभावितका लागि विभिन्न दातृ निकायहरुले पाकिस्तानलाई १५ करोड अमेरिकी डलर प्रदान गरेको पाकिस्तानमा राष्ट्रसंघीय मानवीय सहायता संयोजक एवम् प्रतिनिधि जुलियन हार्नेइसले जानकारी दिएका छन् ।

यद्यपि यसमध्ये केबल ३ करोड ८३ लाख डलरमात्रै बाढीपीडितको सहायताका लागि खर्च भएको उनले बताए ।

एकातर्फ मानवीय सहायताको आवश्यकता अझै बाँकी रहेको तर अर्कोतर्फ विदेशबाट आएको सहायता रकम खर्च हुन नसकेको अवस्थाले पाकिस्तानमा भ्रष्टाचारको अवस्था उजागर गरेको कतिपयको टिप्पणी छ ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार उनले बाढी प्रभावित क्षेत्रमा उच्च स्वास्थ्य जोखिम रहेको चेतावनी समेत दिएका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ९ : ५० बजे

भानु जयन्तीको पूर्वसन्ध्यामा भानु रथयात्रा

काठमाडौं– भानु जयन्तीको पूर्वसन्ध्यामा विराटनगर प्रज्ञा प्रतिष्ठानले शनिबार विराटनगरमा भानु रथयात्रा

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित