नुवाकोटका उम्मेदवार मतदाता भेट्न व्यस्त « Khabarhub

नुवाकोटका उम्मेदवार मतदाता भेट्न व्यस्त


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नुवाकोटका उम्मेदवार मतदाता भेट्न व्यस्त छन् । सबै उम्मेदवार यतिबेला घरदैलोमा जुटेका छन् ।

क्षेत्र नं २ बाट उम्मेदवारी दिएका संयुक्त वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरू कार्यकर्ता भेट्न आजदेखि वडा तहमा जान थालेका छन् । उम्मेदवारी दिएपछि पालिकास्तरमा संयुक्त बैठकमा सहभागी भएका उम्मेदवार आजदेखि प्रत्येक वडा तहका मतदाता भेट्न लागेका हुन् ।

चुनावी प्रचार–प्रसार समितिका सदस्य मच्छिन्द्रनरसिंह प्याकुरेलका अनुसार वडा तहका कार्यकर्ता भेट्न तथा उनीहरूको आयोजनामा बस्ने संयुक्त बैठकमा सहभागी हुन लागेका हुन् । वाम–लोकतान्त्रिक गठबन्धनबाट निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र प्रदेससभा–२ (क) मा नेकपा (माओवादी केन्द्र)बाट रामप्रसाद ढुङ्गाना र प्रदेससभा–२ (ख)बाट कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा (तामाङ) उम्मेदवार रहेका छन् ।

संयुक्त गठबन्धनका उम्मेदवारको आजदेखि सुरु हुने वडा तहको ‘पाँचदलीय संयुक्त भेटघाट कार्यक्रम’ अन्तर्गत प्रतिनिधिसभा सदस्यका उम्मेदवार केसीसहित सम्बन्धित प्रदेशको निर्वाचन क्षेत्रमा पुग्दा सोही स्थानका प्रदेससभा सदस्यका उम्मेदवार सहभागी हुने कार्यक्रम तय गरिएको छ । साथमा गठबन्धन दलबाट समानुपातिक उम्मेदवारमा सिफारिस भएका उम्मेदवारसमेत सहभागी भएर वडा तहका पार्टी समितिका पदाधिकारी, कार्यकर्ता, समर्थक तथा शुभेच्छुकलाई भेट्ने कार्यक्रम तय भएको छ ।

यस्तै नेकपा (एमाले)बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणप्रसाद खतिवडा, प्रदेस (क) का केशवराज पाण्डे र प्रदेससभा (ख) का उम्मेदवार विजय लामा तथा अन्य पार्टी र स्वतन्त्र उम्मेदवारले पनि चुनावी प्रचार अभियानलाई तिव्र पारेका छन् । उनीहरु कार्यकर्ता भेटघाट तथा मतदाता भेट्न व्यस्त छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  १० : ३० बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा