मौलिक देउसीभैलो जोगाउँदै पाल्पाका युवा « Khabarhub

मौलिक देउसीभैलो जोगाउँदै पाल्पाका युवा


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

पाल्ला – तिहार पर्वका अवसरमा खेलिने मौलिक देउसीभैलो आजभोलि देखिन छाडेको छ। गाउँदेखि सहर बजारसम्म मौलिक देउसीभैलोको छुट्टै पहिचान र महत्व थियो। बढ्दो आधुनिकतासँगै मौलिकता हराउँदै गएको हो।

पाल्पामा हराउँदै गएको मौलिक देउसीभैलोलाई निरन्तरता दिन केही समूहले प्रयास गरेका छन्। जिल्लाको लालुपाते नौमती मगर बाजा समूहले यस वर्षको तिहारमा नौमतीको तालमा मौलिक गीतहरू गाएर देउसीभैली खेल्यो। “पश्चिमा संस्कृतिले हाम्रो मौलिकतालाई मेटाउन लाग्यो”, लालुपाते नौमती मगर बाजा समूह तानसेन–७ पाल्पाका जनक थापा भन्छन्, “नौमती बाजा बजाएर देउसीभैली खेलेका हौँ।” नौवटा बाजाहरूको सामूहिक बाजा नौमती हो। यो पञ्चैबाजाको ठूलो रूप हो, पञ्चेबाजामा चारवटा अरू बाजाहरू थपिएको हुन्छ।

यो समूहले जिल्लाको तानसेनलगायतका आसपासमा मौलिक गीत र नौमती बजाएर देउसीभैली खेलेको हो। गाउँदेखि सहर बजारसम्म मौलिक भाका र बाजाको तालमा देउसीभैलो खेल्दै संस्कृति र परम्परा जोगाउने प्रयास गरेको हो।

‘भैलेनी आइन् आँगन, बडालीकुडाली राखन, आहैँ औँसीको बार गाईतिहार भैलीराम”, जस्ता पुराना मौलिक गीत गाएर पुरानो संस्कृति स्मरण गराएका छन्। समूहका सदस्य विनोद परियार भन्छन्, “यी गीत गाएर देउसीभैलो खेल्दा नयाँपुस्ता आश्चर्य पर्दारहेछन्।” मौलिक देउसीभैलोले तिहारमा उत्साह ल्याउँछ। कसैले गीत झिक्ने, केहीले भट्याउने, कोही नाच्ने गर्दा देउसीभैलो हेर्नेको भीड नै हुने गरेको टीकाराम बस्याल बताउँछन्।

“हाम्रा चाडपर्वको परम्परा नै परिवर्तन हुँदै गएको छ, मुखैले गीत गाएर देउसी खेल्दाको मज्जा नै बेग्लै हुन्छ”, बस्याल भन्छन्, “आजभोलि हाम्रा छोराछोरी कोठामा बसेर नेटमा हेर्छन्, आँगनमा खेलिएको भैलीसमेत हेर्दैनन्।”

सांस्कृतिक र उज्यालै–उज्यालोको पर्वका रूपमा लिइने तिहारले दाजुभाइ र दिदीबहिनीबीचको मायाप्रेम प्रगाढ बनाउने गर्दछ। मीठा–मीठा परिकार खाँदै देउसीभैली खेल्ने उल्लासमय पर्वका रूपमा तिहारलाई लिने गरिन्छ। गाईतिहारका दिन घर–घरमा गएर ‘भैलिनी आइन् आँगन’ भन्दै एकै स्वरमा लय हाल्छन्। जसलाई भैली भन्ने गरिन्छ भने भाइटीकाका दिन गाइने तथा खेलिने गीतलाई देउसी तथा देउसीरे भन्ने गरिन्छ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ११ : २१ बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली