फिल्म ‘महापुरूष’ हलमा रिलिज, हाउसफुल « Khabarhub

फिल्म ‘महापुरूष’ हलमा रिलिज, हाउसफुल


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘महापुरूष’ हलमा रिलिज भएको छ । फ्राइडे फिल्मअन्तर्गत एकल रिलिज भएको फिल्म नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा प्रदर्शन भइरहेको छ । फिल्मले प्रदर्शनको पहिलो दिन नै हाउसफुलको सुरुवात गरेको छ । बिहानी शोमा नै दर्शक भरिभराउ देखिएपछि कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले खुसी व्यक्त गरे । काठमाडौंका मल्टिप्लेक्सहरूमा बिहानी शोमै फिल्म हाउसफुल भएको हो । 

फिल्मको शुक्रबार बिहानैदेखि अकुपेन्सी आक्रामक देखिएको छ । ‘मुख्य कुरा फिल्म हेरेर निस्किनु भएका दर्शक खुसी र सन्तुष्ट हुनुहुन्छ । वर्ड अफ माउथले फिल्मलाई झनै फाइदा गर्ने विश्वास छ’, कार्यकारी निर्माता बानियाँले भने । 

फिल्मको बिहानी शो नै आक्रामक देखिएपछि कार्यकारी निर्माता बानियाँसँगै अभिनेता हरिवंश आचार्य, अभिनेत्री गौरी मल्ल, निर्देशक प्रदीप भट्टराई, नव प्रस्तुतिमा रहेका अरुण क्षत्री र अन्जना बराइली हल पुगेर दर्शकसँग प्रतिक्रिया लिएका थिए ।

बलियो मार्केटिङशैली, पब्लिसिटी र ट्रेलरबाटै फिल्मले प्राप्त गरेको संवेदनाको प्रभाव ओपनिङमा देखिरहेको छ । फिल्मको स्वदेशमा मात्र नभई अष्ट्रेलियामा पनि उत्तिकै प्रतीक्षा रहेको रङ्ग पत्रकार राजन घिमिरेले बताए । 

सिड्नीमा रहेका पत्रकार घिमिरेले फ्यामिली दर्शक फिल्मको शोमा देखिने बताए । ‘यहाँ पहिलो दिन नै अष्ट्रेलियाका विभिन्न सहरहरूममा २८ भन्दा बढी शो छ । धेरैपछि फ्यामिली फिल्म आएकोले सपरिवारनै टिकेट लिनेको संख्या बढी छ’, पत्रकार घिमिरेले भने । आइतबारसम्मै तिहार र छठ पर्व बिदा पनि भएकाले पहिलो सप्ताहन्तमा ‘महापुरुष’को ओपनिङ उछाल हुने अनुमान छ । 

काठमाडौं, चितवन र इटहरीमा भएका तीन अलग प्रिमियरको प्रतिक्रियाको फाइदा समेत फिल्मलाई हुनेछ । मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका आफ्ना आउटलेटमा ४१ शो पाएको छ । क्युएफएक्स अन्तर्गत दरबार सिनेम्याक्समाशो, भक्तपुरमा रहेको क्युएफएक्समाशो, लबिम मलमा ४ शो , सिभिल मलमा ५ शो , ठमेलमा रहेको छायाँ सेन्टरमा २ शो दिएको छ । क्युएफएक्सकै मोफसलअन्तर्गत नेपालगन्जमा ४ शो, वुटवलमाशो, दमौलीमा ४ शो, नारायणघाटमा रहेको जलमामाशो, विराटनगरमा ३ शो, विर्तामोडमा ३ शो दिएको छ ।

काठमाडौंमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा ४ शो, दरबारमार्गस्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमाशो, गोंगबुमा रहेको बिएसआर मुभिजमा ५ शो, सुन्धारास्थित सिटिसी मलमा रहेको सिने डी सेफमा ५ शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा ५ शो रहेको छ । बानेश्वरमा रहेको वान सिनेमाजमा ५ शो र कालिमाटीमा ४ शो दिएको छ । यस्तै, आइएनआइ सिनेमाजअन्तर्गत लोत्से मलमा ४ शो र बुटवलमा रहेको आइएनआइमा ४ शो दिएको छ ।

लेखक समेत रहेका निर्देशक भट्टराईले अघिल्लो फिल्महरूलाई विश्वास गरेर हलसम्म आइपुग्ने दर्शकको समय र पैसा खेर नजाने बताए । ‘हामीलाई गर्ने विश्वासले दायित्वसमेत बढाएको छ । हामीले हाम्रो साख गिर्ने काम गरेका छैनौँ । मनोरञ्जनसँगै दर्शकलाई राम्रो कथा पसकेका छौँ’, निर्देशक भट्टराईले भने । फिल्मको प्रिमियर मार्फत प्राप्त प्रतिक्रियाले आफूहरूलाई उत्साहित बनाएको कलाकारसमेत रहेका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले बताए ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, गौरी मल्ल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्ज्वल लुइँटेललगायतको अभिनय रहेको छ । यही फिल्ममार्फत अरुण क्षेत्री र अन्जना बराइलीले डेब्यु गरेका छन् ।
एकल अभिभावकको एक्लोपनको कथा भनिएको फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन छ । निर्देशक भट्टराईले जात्रा, शत्रुगते र जात्रै जात्रामार्फत आफूलाई निर्देशनमा स्थापित गरिसकेका छन् । 

उनले डेब्यु फिल्म ‘जात्रा’ देखि नै दर्शकको विश्वास जिते । शत्रुगते बाहेक जात्रा सिरिजलाई समीक्षकले पनि रुचाए । यिनै भट्टराई अब चौथो फिल्म लिएर आउँन लागेका हुन्। उनी यसपटक यसअघिका फिल्म भन्दा झनै कन्फीडेन्ट छन् ।

षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् । षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी। गुरुङको सम्पादन रहेको छ । यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गर्दै छन् । फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य/शैलेश श्रेष्ठ , ध्वनि संयोजनमा अमित श्रेष्ठ , रंग संयोजनमा कपिल पराजुली र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्। 

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  १२ : ४५ बजे

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध