इलोन मस्कले ट्विटर किने, प्रमुख कार्यकारी पराग अग्रवाल बर्खास्त « Khabarhub

इलोन मस्कले ट्विटर किने, प्रमुख कार्यकारी पराग अग्रवाल बर्खास्त


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वका सबैभन्दा धनाढ्य एवम् टेस्ला कम्पनीका मालिक इलोन मस्कले ट्विटर खरिद प्रक्रिया पूरा गरेका छन् । उनले ४४ अर्ब डलरमा सामाजिक सञ्जाल खरिद गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

उनले ट्विट गर्दै ‘चरी स्वतन्त्र भयो’ भनेर उल्लेख गरेका छन् । ट्विटर खरिद गरेलगत्तै उनले पराग अग्रवालसहित ट्विटरका वरिष्ठ अधिकारीहरुलाई बर्खास्त गरेको बताइएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अग्रवाल र अरु दुई कार्यकारीहरुलाई बिहीबार बेलुकी अमेरिकाको सन फ्रान्सिस्को सहरमा रहेको ट्विटरको मुख्यालयबाट बाहिर निकालिएको थियो ।

यसअघि मस्कले ट्विटर खरिद नगर्ने संकते गरेका थिए । यद्यपि कानूनी झमेलामा पर्ने देखिएसँगै उनले ट्विटर खरिद प्रक्रियालाई पूर्णता दिएको बीबीसीले जनाएको छ ।

मस्कले ट्विटर खरिद गरेसँगै उक्त सामाजिक सञ्जालले भविष्यमा अवलम्बन गर्ने दिशाबारे पनि प्रश्न उठेको जनाइएको छ ।

आफूलाई वाक् स्वतन्त्रताको हिमायतीको रुपमा चित्रित गर्दै आएका मस्कले प्रायः ट्विटरको आलोचना गर्दै आएका छन् । उनले यसअघि ट्विटरले प्रतिबन्ध लगाएका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र अरु व्यक्तित्वहरुलाई पुनः ट्विटर चलाउन दिने पनि बताएका छन् ।

यसैसताको सुरुमा मस्कले आफ्नो ट्विटरको बायोमा ‘चिफ ट्विट’ लेखेका थिए । पछि उनी भान्सामा प्रयोग हुने सिङ्क बोकेर ट्विटरको मुख्यालयमा पुगेको भिडियो सार्वजनिक थिए । उक्त भिडियोको क्याप्सनमा उनले ‘लेट द्याट सिङक इन’ लेखेका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ४ : १५ बजे

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल