भियतनाममा २ लाख ६० हजार जना डेंगु ज्वरोबाट सङ्क्रमित, १०२ जनाको मृत्यु « Khabarhub

भियतनाममा २ लाख ६० हजार जना डेंगु ज्वरोबाट सङ्क्रमित, १०२ जनाको मृत्यु


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिणपूर्वी एसियाली मुलुक भियतनाममा यसवर्षको सुरुदेखि हालसम्म करिब दुई लाख ६० हजार डेंगु ज्वरोबाट सङ्क्रमित भएका छन् । सङ्क्रमणका कारण दश महिनामा एक सय दुई जनाको मृत्यु भएका भियतनामको स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ ।

सङ्क्रमण र मृत्युको सङ्ख्या सन् २०२१ को सोही अवधिको तुलनामा झण्डै पाँच गुणा बढेको पनि मन्त्रालयले जनाएको छ । नोभेम्बर र डिसेम्बरमा धेरै प्रान्त र शहरहरूमा डेंगुको ‘ठूलो प्रकोप’ उत्पन्न हुने सम्भावना रहेको पनि मन्त्रालयले चेतावनी दिएको छ ।

हो ची मिन्ह सहर अझै पनि भियतनाममा डेंगु ज्वरोको केन्द्रविन्दुको रुपमा रहेको छ । यस अवधीमा त्यस सहरमा करिब ७० हजार सङ्क्रमण र २९ जनाको मृत्यु भएको छ । राजधानी हनोईमा १२ जनाको मृत्युको हुनको साथ ८ हजार भन्दा बढी सङ्क्रमित देखिएका छन् ।

डेंगु ज्वरो बाहेक भियतनाममा हालै अन्य रोगहरूको पनि जटिल विकास पनि भएको पाइएको छ । उत्तरी बाक कान प्रान्तमा आठ सय भन्दा बढी प्राथमिक विद्यालयका विद्यार्थीहरू रहस्यमय फ्लूबाट पीडित भएको बताइएको छ । तीमध्ये एक आठ वर्षीय बालकको मृत्यु भएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ४ : ४४ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ