एअरबससँग मिलेर टाटाले भारतमै सैनिक विमान बनाउने « Khabarhub

एअरबससँग मिलेर टाटाले भारतमै सैनिक विमान बनाउने


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय निजी कम्पनी टाटाले अमेरिकी विमान कम्पनी एअरबससँग मिलेर भारतीय सेनाका लागि सैनिक विमान बनाउने भएको छ । टाटा र एअरबस मिलेर भारतमै भारतीय वायुसेनाका लागि सी–२९५ पारवहन विमान निर्माण गर्न लागेका हुन् ।

२ खर्ब १९ अर्ब भारतीय रुपैयाँको लगानीमा गुजरात राज्यमा विमान निर्माण गर्न लागिएको हो । आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसको उद्घाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

‘निजी कम्पनीले भारतमा सैनिक विमान बनाउने यस्तो परियोजना भारतमै पहिलो हो ।’ भारतीय रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । हाल भारतमा राज्यसञ्चालित हिन्दूस्तान एरोनोटिक्सले मात्र भारतमा सैनिक विमान बनाउँदै आएको छ ।

भारतले आफ्ना लागि हतियार एवम् रक्षा उपरकणका लागि रुसजस्ता मुलुकमा भर पर्दै आएको छ । यद्यपि मोदीले पछिल्ला केही वर्षयता अन्तर्राष्ट्रिय आयात घटाउने एवम् स्वदेशमै उत्पादनलाई बढावा दिने नीति लिएका छन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ८ : १६ बजे

पोखरामा फेवा महोत्सवको रौनक (तस्बिरहरू)

काठमाडौं– नयाँ वर्ष २०८३ सालको स्वागतका लागि पोखरामा फेवा महोत्सव

आइतबार बसन्तपुर मानिसको भीड (तस्बिरहरू)

काठमाडौं– पछिल्लो समय खाडी क्षेत्रमा युद्ध चर्किएसँगै दक्षिण एसियाली  देशहरूमा इन्धन

इरान युद्धमा अमेरिका-बेलायत मतभेद, मन्त्री भन्छन् : ट्रम्प सधैँ भड्किलो र विवादित कुरा लेख्छन्

काठमाडौं- बेलायतका स्वास्थ्य मन्त्री वेस स्ट्रीटिङ्गले इरानसँगको युद्धमा संलग्न नहुने

लन्डन प्रदर्शनमा सयौँ पक्राउ

लन्डन- बेलायतको राजधानी लन्डनमा प्यालेस्टाइन समर्थक प्रदर्शनमाथि कडा प्रहरी हस्तक्षेप

वीरमा पुगेर मन्त्रीले भनिन्, ‘स्वास्थ्य परीक्षण रिपोर्ट लिन अस्पताल आउनै नपर्ने व्यवस्था गर्छौँ’

काठमाडौं– स्वास्थ्यमन्त्री निशा मेहताले सबै सरकारी अस्पतालहरूमा छिटै डिजिटल रुपमा