हेज्बोल्लाहद्वारा लडाकु परिचालन अन्त्य गर्ने घोषणा « Khabarhub

हेज्बोल्लाहद्वारा लडाकु परिचालन अन्त्य गर्ने घोषणा


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लेबनानको इरान समर्थित शिया इस्लामिक संगठन हेज्बोल्लाहले लडाकु परिचालन अन्त्य गर्ने घोषणा गरेको छ ।

संगठनका नेता सैयद हसन नसरल्लाहले लडाकु परिचालनको अन्त्य गर्ने घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

लेबनानी र इजरायली पक्षले अमेरिकी मध्यस्थतामा समुद्री सीमा विवादबारे सहमती जनाएसँगै नसरल्लाहले यस्तो घोषणा गरेका हुन् ।

नसरल्लाहले टेलिभिजनमार्फत् सम्बोधन गर्दै यस प्रकारको हस्ताक्षर लेबनानका लागि धेरै ठूलो जीत भएको टिप्पणी समेत गरेका छन् ।

उनले लेबनान सरकारलाई इजरायलसँगको सम्बन्ध सामान्य बनाउने विषयमा धेरै चनाखो हुन समेत आग्रह गरे ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ८ : ४० बजे

टाइगर कप भलिबल : पर्वत, गण्डकी, पुलिस र एपिएफ विजयी

कास्की – पोखरा रङ्गशालामा शुक्रबारदेखि ‘टाइगर कप’ राष्ट्रिय तथा अन्तरराष्ट्रिय

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार

सुदूरपश्चिममा राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि आइतबार हुन लागेको

नदी दायाँबायाँ भवन निर्माणसम्बन्धी अदालतको आदेशलाई सम्मान गर्छौं : सुनिता डङ्गोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदीको दायाँबायाँको

जङ्गलमा बास, जोखिमपूर्ण जीवन

कैलाली – कैलालीको चुरे गाउँपालिका-४ पनेरुगडास्थित जङ्गलको बीचमा विश्नादेवी महराको