हिँडेरै विश्वकप हेर्न कतार जाने क्रममा इरानमा स्पेनी नागरिक बेपत्ता, बन्दी बनाइएको आशंका « Khabarhub

हिँडेरै विश्वकप हेर्न कतार जाने क्रममा इरानमा स्पेनी नागरिक बेपत्ता, बन्दी बनाइएको आशंका


११ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिफा विश्वकप हेर्नका लागि हिँडेरै आफ्नो मुलुकबाट कतार जाने क्रममा रहेका एक जना स्पेनी नागरिक इरानबाट बेपत्ता भएका छन् । उनलाई इरानमा पक्राउ गरिएको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तीन महिनाबाट विभिन्न १५ मुलुक हुँदै हिँडेरै कतार जाने क्रममा रहेका ४१ वर्षे स्पेनी नागरिक सान्टियागो सान्चेज इरानबाट बेपत्ता भएको समाचार संस्था एपीले जनाएको छ । स्पेनको विदेश मन्त्रालयले सान्चेज इरानमा पक्राउ परेको ‘९९ प्रतिशत सम्भावना’ रहेको जानकारी दिएको उनकी आमा सेलिया कोगेदोरले बताएकी छिन् ।

उनले अन्तर्राष्ट्रिय समाचार संस्था एपीलाई आफूहरु आशावादी भएको समेत बताइन् । उनी अक्टोबर २ मा इराकबाट इरान प्रवेश गरेसँगै सम्पर्कमा नआएको उनको परिवारले जनाएको छ ।

यता इरानको कुर्दिस्तान क्षेत्रका मानव अधिकार सञ्जालले उनी कुर्दिस सहर सानन्दाजस्थित गुप्तचर मन्त्रालयको बन्दीगृहमा रहेको जनाएको छ । द नेशनल अखबारका अनुसार उक्त बन्दीगृहबाट बाहिरिएका केही व्यक्तिहरुले त्यहाँ एक जना स्पेनी नागरिक पनि रहेको बताएका थिए ।

स्पेनको विदेश मन्त्रालयले सान्चेजको अवस्थाबारे इरानस्थित स्पेनी दूतावास इरानी अधिकारीहरुसँग सम्पर्कमा रहेको जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार  ९ : २७ बजे

आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन् – मृत्युलाई जोडेर व्यङ्ग्य

काठमाडौं – भारतीय गायिका आशा भोसलेले ०७६ पुसमा गरेको नेपाल

दुईदिने बिदाले अस्पतालका सेवाग्राही मारमा; मन्त्रालय भन्छ- सेवा दिनुपर्छ, चिकित्सक भन्छन्- सकिँदैन

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा बढ्दो कच्चा तेलको मूल्य र वैदेशिक मुद्रा

हाइटीमा भागदौड हुँदा ३० जनाको मृत्यु

पोर्ट ओ प्रिन्स- हाइटीको ऐतिहासिक पर्यटकीय स्थल सिटाडेल लाफेरियरमा भएको

१९ केजी गाँजासहित युवक पक्राउ

सिरहा- सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ

इरान-अमेरिका वार्ता निष्कर्षविहीन, लेबनानमा रोकिएन इजरायली बम आक्रमण, कयौँ घाइते

इस्लामावाद- पाकिस्तानमा इरान र अमेरिकाबीच शान्ति प्रयासका लागि भएको वार्ता