क्यानडाविरुद्ध क्रोएसियाको उत्कृष्ट जित « Khabarhub

क्यानडाविरुद्ध क्रोएसियाको उत्कृष्ट जित


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले क्यानडालाई पराजित गरेको छ । खालिफा अन्तराष्ट्रिय स्टेडियममा क्रोएसियाले क्यानडालाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।

क्रोएसियाका लागि आन्द्रेज क्रमारिचले दुई गोल गरे । मार्को लिभाजा र लेभ्रो माजेरले एक एक गोल गरे । क्यानडाका अल्फान्सो डाभिसले एक गोल फर्काए ।

खेलमा सुरुआती अग्रता भने क्यानडाले बनाएको थियो । तर त्यसलाई जोगाउन नसक्दा क्यानडाले हार ब्यहोर्नु पर्यो । खेलको दोस्रो मिनेटमा डाभिसले गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए । ३६ औं मिनेटमा क्रमारिचले गोल गर्दै क्रोएसियालाई १–१ गोलको बराबरीमा ल्याए ।

४४ औं मिनेटमा लिभाजाले गोल गर्दै क्रोएसियालाई २–१ को अग्रता दिलाए ।

खेलको ७० औं मिनेटमा क्रमारिचले व्यक्तिगत दोस्रो गोल गरेपछि क्रोएसिया खेलमा हाबी भएको थियो । इन्जुरी समयमा माजेरले गोल गर्दै क्रोएसियालाई ४–१ को जित दिलाए ।जितसँगै क्रोएसियाले २ खेलमा ४ अंक जोडेको छ । क्रोएसिया शीर्ष स्थानमा रहेको छ । क्यानडाको भने याे लगातार दोस्रो हार हो ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  १२ : ०३ बजे

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँबाट बाहिरिने सवारीसाधनका

बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया– रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित

बेत्रावतीबासी भन्छन्- सानोतिनो बाढी पहिला पनि आउँथ्यो, यसरी सबै लैजाला भनेर सोचेका पनि थिएनौँ

बेत्रावती– नुवाकोटका आकाशमा छिनछिनमा हेलिकप्टर उडिरहेछन् । भोटेकोशी–त्रिशुलीमा आएको विनाशकारी बाढीले

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

गोरखा– त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र

बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

काठमाडौं– गत बुधबार गएको बाढीको चार दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी