कतारमा यसरी हेर्दै छन् आप्रवासी कामदारले विश्वकप « Khabarhub

कतारमा यसरी हेर्दै छन् आप्रवासी कामदारले विश्वकप



दोहा – कतारमा कार्यरत नेपालीसहित अन्य मुलुकका आप्रवासी कामदारले जारी फिफा विश्वकप २०२२ का खेलहरू म्यान जोनबाट हेरिरहेका छन् ।

एसियन टाउनमा अवस्थित औद्योगिक फ्यान जोन (एक उत्थान दृश्य)मा टिकट तथा हय्या कार्ड नभएका हजारौँ आप्रवासी हरेक दिन भेला हुने गरेका छन् ।

रङ्गशालामा पर्याप्त सिट खाली भए पनि टिकट किन्न हय्या कार्ड हुनुपर्ने भएकाले उनीहरु फ्यान जोनमा गएर खेल हेर्न बाध्य छन्। यहाँ नेपाल,भारत, बंगलादेश, फिलिपिन्स, केन्या र युगान्डाका दर्शकहरू मिलेर दैनिक खेलको मजा लिइरहेका छन् ।

बिशेषगरी कतारको औद्योगिक क्षेत्रमा बस्ने श्रमिकलाई लक्षित गरी कतार सरकारले तीन स्थानमा ठूलो पर्दाको व्यवस्था गरेको छ।

फ्यान जोनमा आर्केस्ट्रा प्रदर्शन,सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिता, ड्र मार्फत सर्वसाधारणलाई उपहार,निःशुल्क मधुमेह र ब्लड प्रेसर जाँच, फ्री वाईफाईको सुविधा पनि छ ।

फ्यान जोनभित्र क्याफेटेरिया र रेस्टुरेन्टहरू पनि छन् भने जान/आउन निःशुल्क बसको व्यवस्था गरिएको छ । यी ठाउँमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ८ : २८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै