कतारमा यसरी हेर्दै छन् आप्रवासी कामदारले विश्वकप « Khabarhub

कतारमा यसरी हेर्दै छन् आप्रवासी कामदारले विश्वकप



दोहा – कतारमा कार्यरत नेपालीसहित अन्य मुलुकका आप्रवासी कामदारले जारी फिफा विश्वकप २०२२ का खेलहरू म्यान जोनबाट हेरिरहेका छन् ।

एसियन टाउनमा अवस्थित औद्योगिक फ्यान जोन (एक उत्थान दृश्य)मा टिकट तथा हय्या कार्ड नभएका हजारौँ आप्रवासी हरेक दिन भेला हुने गरेका छन् ।

रङ्गशालामा पर्याप्त सिट खाली भए पनि टिकट किन्न हय्या कार्ड हुनुपर्ने भएकाले उनीहरु फ्यान जोनमा गएर खेल हेर्न बाध्य छन्। यहाँ नेपाल,भारत, बंगलादेश, फिलिपिन्स, केन्या र युगान्डाका दर्शकहरू मिलेर दैनिक खेलको मजा लिइरहेका छन् ।

बिशेषगरी कतारको औद्योगिक क्षेत्रमा बस्ने श्रमिकलाई लक्षित गरी कतार सरकारले तीन स्थानमा ठूलो पर्दाको व्यवस्था गरेको छ।

फ्यान जोनमा आर्केस्ट्रा प्रदर्शन,सांस्कृतिक कार्यक्रम, खेलकुद प्रतियोगिता, ड्र मार्फत सर्वसाधारणलाई उपहार,निःशुल्क मधुमेह र ब्लड प्रेसर जाँच, फ्री वाईफाईको सुविधा पनि छ ।

फ्यान जोनभित्र क्याफेटेरिया र रेस्टुरेन्टहरू पनि छन् भने जान/आउन निःशुल्क बसको व्यवस्था गरिएको छ । यी ठाउँमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ८ : २८ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु