उदिपुर सडक पुन: एक साताको लागि बन्द « Khabarhub

उदिपुर सडक पुन: एक साताको लागि बन्द


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

लमजुङ – करिब ४ महिनापछि सञ्चालनमा ल्याइएको उदिपुरको अस्थायी सडक फेरी एक साताका लागि बन्द गरिएको छ। अहिले सडक बन्द गरेर वर्षायाममा समेत सञ्चालनमा ल्याउने गरी सडक मर्मत थालिएको प्रशासनले जनाएको छ।

बेसिशहर डुम्रे राजमार्गमा पर्ने लमजुङको उदिपुरमा निर्माण गरिएको अस्थायी सडकमा पुल मर्मत सुरु भएको छ। प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अगाडि एक साता लगाएर अस्थायी सडक निर्माण गरिएको उक्त सडकखण्डलाई फराकिलो बनाएर बर्षायाममा समेत सञ्चालनमा हुन सक्ने गरी सडक मर्मत कार्य थालिएको बताइएको छ।

वैकल्पिक सडक निर्माण गरी सवारी साधन आगमन भइरहेको उक्त सडक आइतबारदेखि एक साताको लागि बन्द गरिएपछि यस अघिकै डाइभर्सन सडक मार्फत सवारी साधन आवतजावत हुन थालेका छन्।

अघिल्लो वर्ष खसेको पहिरोबाट सडक भासिएपछि वैकल्पिक मार्ग निर्माण गरिएकोमा गत भदौमा फेरि उदिपुरको देउराली डाँडाबाट पहिरो खस्दा गत वर्ष निर्माण गरिएको डाइभर्सन सडक बगाएको थियो।

बेसिशहर डुम्रे सडकलाई उदिपुर चिप्लेटी नजिकै मध्यमर्स्याङ्दी जलविद्युत आयोजनाको माथिल्लो गेटबाट ड्याम साइड हुँदै नेपाली सेनाको चण्डिप्रसाद गण भएर पुरानो रिठ्ठे बगर हुँदै उदिपुर निस्कने गरी डाइभर्सन सडक सञ्चालनमा ल्याइएको थियो।

बेसिशहर नगरपालिकाको इन्धन सहयोग र डुम्रे बेसिशहर चामे सडक आयोजनाको मेशिन तथा प्राविधिक सहयोगमा निर्माण गरिएको अस्थायी सडक आगामी बर्खायामका लागि समेत हुने गरी पुर्न निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी शुसिल वैद्यले बताए। बैद्यका अनुसार एक साताका लागि अस्थायी सडक बन्द गरिएको र पुनः मर्स्याङ्दी तिरैतिर डाइभर्सन सञ्चालनमा ल्याइएको छ।

सडक कार्यालय प्रमुख इन्जिनियर अच्युत विलास पन्तका अनुसार १ सय ६० मिटर चौडाइको पहिरो खसेपछि कम्तीमा ५ मिटर चौडाइको एक सय लामो अस्थायी सडक निर्माण गरेर सवारी साधन सञ्चालनमा ल्याइएकोमा पुनः एक साताको लागि बन्द गरेर मर्मत थालिएको बताए।

नयाँ बजेटबाट सडक निर्माण गर्न केही समय लाग्ने भएकाले अहिले उक्त सडकलाई बर्खायाममा सञ्चालन हुने गरी मर्मत थालिएको उनको भनाई छ। अघिल्लो वर्षको भदौ ११ गते पहिरो खसेपछि अस्थायी रुपमा डाइभर्सन निकालेर सवारी साधन सञ्चालन गरिएको थियो।

उक्त सडक पनि गत असार ४ गतेको पहिरोले बगाएपछि वैकल्पिक रुपमा मर्स्याङ्दी नदी तिरैतिर डाइभर्सन सडक निर्माण गरेर सञ्चालनमा ल्याइएको थियो।

नयाँ बजेटबाट निर्माण गरिने सडकलाई अहिलेको डाइभर्सनबाटै उठाइने र यसका लागि २२ करोड रुपैयाँको बजेट स्वीकृत भएको बताए।

उक्त बजेटबाट यस अघिको सडकलाई जोडिने गरी १ सय ६० मिटरको सडक निर्माण गरिने आयोजना प्रमुख पन्तले बताए।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ८ : ४८ बजे

कर्णालीका मुख्यमन्त्री शर्माले आज दोस्रो पटक विश्वासको मत लिँदै

काठमाडौँ – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज प्रदेशसभाबाट दोश्रो

एसईईमा सहभागी विद्यार्थीलाई प्रधानमन्त्री प्रचण्डको शुभकामना

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा

नयाँ मन्त्रीको शपथ दिउँसो, बिहान गठबन्धनको बैठक

काठमाडौँ- पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले आज पूर्णता पाउने भएको

रास्वपाले सार्वजनिक गर्‍यो उपनिर्वाचनका दाबेदार उम्मेदवारको सूची

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले १० वैशाखको उपचुनावको लागि तीन

सातौँ संस्करणको विराट गोल्डकपको उपाधि विराटनगर सिटीलाई

सुन्दरहरैँचा – सातौँ संस्करणको विराट गोल्डकपको उपाधि आयोजक विराटनगर सिटी