प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १५८ क्षेत्रको परिणाम सार्वजनिक « Khabarhub

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १५८ क्षेत्रको परिणाम सार्वजनिक

राप्रपा, रास्वपा र जसपाको बराबरी


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा छ ।

निर्वाचन आयोगकाअनुसार हालसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ १६५ सिटमध्ये १५८ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

जसअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी ५३ सीट जितेको छ । त्यस्तै नेकपा एमाले ४२ स्थानमा विजयी भएको छ । नेकपा माओवादी केन्द्रले १७ र नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ।

सुनसरी-१ बाट जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष अशोककुमार राई विजयी भएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको सिट सात–सात पुगेको छ।

स्वतन्त्र पाँच, लोकतान्त्रिक समाजवादी पार्टीले चार र नागरिक उन्मुक्ति पार्टीले तीन स्थानमा विजयी भएका छन् । यसैगरी नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र जनमत पार्टीले एक/एक सिट जितेका छन् ।

बाँकी ७ जिल्ला मध्ये अनुसार तीन वटा जिल्ला दोलखा, बाजुरा र स्याङ्जामा मतगणना सुरु हुन सकेको छैन । यी तीन जिल्लाबाहेक सबै जिल्लाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम पर्सिसम्म आइसक्ने आयोगले जनाएको छ ।

अन्य ४ जिल्लामा केही विवादका कारण निर्वाचन र मतगणनामा ढिलाइ भएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ९ : ४३ बजे

क्यानडालाई हराउँदै स्विट्जरल्यान्ड विश्वकपको ‘नकआउट’ चरणमा प्रवेश

काठमाडौँ – स्विट्जरल्यान्ड क्यानडालाई पराजित गर्दै फिफा विश्वकप २०२६ को

हाइटीलाई ४-२ गोलले हराउँदै मोरक्को नकआउट चरणमा

काठमाडौँ – हाइटीको कडा चुनौतीलाई पन्छाउँदै मोरक्को फिफा विश्वकप २०२६

ह्याट्रिक गर्न चुके ब्राजिलका विनीसियस जुनियर

काठमाडौँ – स्टार फरवार्ड विनीसियस जुनियरको उत्कृष्ट प्रदर्शनको मद्दतले ब्राजिल

ब्राजिलद्वारा स्कटल्यान्ड ३–० ले पराजित, अन्तिम ३२ को समीकरण रोचक

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असार ११ गते बिहीबार सन् २०२६