प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १५८ क्षेत्रको परिणाम सार्वजनिक « Khabarhub

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १५८ क्षेत्रको परिणाम सार्वजनिक

राप्रपा, रास्वपा र जसपाको बराबरी


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा छ ।

निर्वाचन आयोगकाअनुसार हालसम्म प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ १६५ सिटमध्ये १५८ क्षेत्रको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

जसअनुसार प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेसले सबैभन्दा बढी ५३ सीट जितेको छ । त्यस्तै नेकपा एमाले ४२ स्थानमा विजयी भएको छ । नेकपा माओवादी केन्द्रले १७ र नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ।

सुनसरी-१ बाट जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष अशोककुमार राई विजयी भएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको सिट सात–सात पुगेको छ।

स्वतन्त्र पाँच, लोकतान्त्रिक समाजवादी पार्टीले चार र नागरिक उन्मुक्ति पार्टीले तीन स्थानमा विजयी भएका छन् । यसैगरी नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र जनमत पार्टीले एक/एक सिट जितेका छन् ।

बाँकी ७ जिल्ला मध्ये अनुसार तीन वटा जिल्ला दोलखा, बाजुरा र स्याङ्जामा मतगणना सुरु हुन सकेको छैन । यी तीन जिल्लाबाहेक सबै जिल्लाको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतपरिणाम पर्सिसम्म आइसक्ने आयोगले जनाएको छ ।

अन्य ४ जिल्लामा केही विवादका कारण निर्वाचन र मतगणनामा ढिलाइ भएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ९ : ४३ बजे

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै

निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा निर्वाचनमा क-कसलाई लाग्छ आचारसंहिता ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार