प्रधानमन्त्री आकांक्षी कांग्रेस नेताको दौडधुप | Khabarhub Khabarhub

प्रधानमन्त्री आकांक्षी कांग्रेस नेताको दौडधुप


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आमनिर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुनुअघि नै पहिलो दलको रुपमा देखापरेको नेपाली कांग्रेसका नेताहरु प्रधानमन्त्री बन्नका लागि दौडधुप थालेका छन्।

४ मंसिरमा भएको निर्वाचनको प्रत्यक्षतर्फकै मतपरिणाम आइसकेको छैन। तर, कांग्रेस नेताको भने प्रधानमन्त्री बन्न दलीय सहमतिका लागि दौडधुप थालेका छन्।

कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, शशांक कोइराला, प्रकाशमान सिंह, रामचन्द्र पौडेलसहितका नेता प्रधानमन्त्रीको आकांक्षीको रुपमा देखिएका छन्।

प्रधानमन्त्री बन्न उद्देश्यसहित समर्थनका लागि प्रकाशमान सिंहले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए। यसलगत्तै सोमबार बिहानै नेता रामचन्द्र पौडेल कोटेश्रव पुगेर एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरे।

प्रधानमन्त्री बन्नेगरी संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने महामन्त्री गगन थापाले सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। काठमाडौं ४ का मतदाताले यसपटक आफूलाई प्रधानमन्त्री बन्न मत दिएको बताउँदै थापाले संसदीय दलको नेता र प्रधानमन्त्री बन्न प्रतिस्पर्धामा उत्रिने बताइसकेका छन्।

तर, पार्टी दुई शीर्ष नेता पनि दलीय छलफलमा लागेका छन्। आइतबार एमाले अध्यक्ष ओलीलाई भेटर नेता सिंहले आफूलाई प्रधानमन्त्रीमा समर्थन गर्न आग्रह गरेका थिए।

सोमबार बिहान नेपाल निवास कोटेश्वर पुगेका नेता पौडेललाई अध्यक्ष नेपालले सकारात्मक जवाफ दिएका छन्। अध्यक्ष नेपालले पौडेललाई प्रधानमन्त्री बनाउन आफू र आफ्नो पार्टी सकारात्मक रहेको जवाफ दिएका छन्।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  १२ : २२ बजे

सहरी विकासको भवनबाट भौतिक पूर्वाधार मन्त्रालय सञ्चालन गर्ने तयारी

बागमती– बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय हेटौँडास्थित सहरी विकास

काठमाडौँ महानगरको स्पष्टीकरण : बाटो नहुँदा सिंहदरबार र अदालतको आगो निभाउन सकेनौँ

काठमाडौँ- गत भदौ २४ गते जेन-जी आन्दोलनका नाममा गरिएको हिंसात्मक

गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइयो

काठमाडौं– विसं २०४६ मा प्रजातन्त्र पुनः स्थापनाका लागि भएको जनआन्दोलनका

जैविक खेतीलाई अवलम्बन गर्दै घराम्दी र टिकोटका किसान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी र टिकोटका किसानले जैविक विधिबाट

महाकाली राजमार्ग खुल्यो, सिल्लेगडा–पुर्चौडी सडक अवरुद्ध

बैतडी– पहिराले अवरुद्ध महाकाली राजमार्ग खुलेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५