संकटमा अर्थतन्त्र, नेताहरुमा सत्ता स्वार्थ मात्र ! | Khabarhub Khabarhub

पाँच वर्ष पहिले र अहिले

संकटमा अर्थतन्त्र, नेताहरुमा सत्ता स्वार्थ मात्र !

वाम र लोकतान्त्रिक गठबन्धनको उही र एउटै चुनौति आर्थिक समृद्धि


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : पाँच वर्षअछि झण्डै दुईतिहाई बहुमत ल्याएका बेला वाम गठबन्धनका नेताहरुलाई सबैभन्दा पेचिलो प्रश्न तेर्सिएको थियो, अर्थतन्त्र संकट । किनभने त्यतिबेला अर्थतन्त्रको ढुकुटी रित्तो थियो । अर्थ सरोकारका विषयमा खरो टिप्पणी गर्ने हरि रोका भन्थे, ‘ढुकुटी रित्तो छ । ठूलो बहुमत ल्याएर देश कसरी चलाउँछौ ? जबकी देश चलाउन चाहिने अर्थतन्त्र डामाडोल छ ।’

रोकाले भनेजस्तै भयो पनि । माओवादी र एमाले मिलेर ल्याएको झण्डै दुईतिहाई बहुमतको बलमा केपी शर्मा ओली प्रधानमन्त्री बने । अर्थतन्त्रको डामाडोल अवस्थाबारे धेरै प्रश्न उठेपछि प्रधानमन्त्री ओलीले दलीय कार्यकर्ता छाडेर राष्ट्र बैंकका पूर्वगभर्नर युवराज खतिवडालाई अर्थमन्त्री बनाए ।

गैरसांसद रहेका उनलाई अर्थमन्त्री बनाएर ओलीले राष्ट्रियसभामा लिए । सांसद बनाएर फेरि दुई वर्ष गरेर झण्डै अढाई वर्ष ओलीले अर्थमन्त्री बनाए । अर्थमन्त्री बनाइएका खतिवडाले विदेशीबाट ऋण ल्याउनेबाहेक अर्थतन्त्र वृद्धि गर्ने अर्को कुनै ‘मिराकल’ देखाउन सकेनन् । जसकारण उनी पछि फालिए ।

तीन वर्षमा ओली सरकार ढल्यो । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने । अहिले पनि देउवा नै प्रधानमन्त्रीको कुर्सीमा छन् । उनकै नेतृत्वमा चुनावमा होमिएको वाम–लोकतान्त्रिक गठबन्धनले सरकार चलाउने बहुमत ल्याएको छ ।

कुनै पार्टीको बहुमत नआएँदा कांग्रेस, माओवादी र नेकपा एकिकृत समाजवादीलाई सरकार चलाउने बहुमत जनताले दिएका छन् । तर देउवा अहिले सरकार गठनको तयारी गर्दा अर्थतन्त्र डामाडोल छ । देउवा नै प्रधानमन्त्री रहेका बेला केही समय अघि नेपाल पनि श्रीलंका बनिसक्यो भनेर घोषणा गर्न मात्रै बाँकी थियो ।

भित्रभित्रै अर्थतन्त्र ‘खोक्रा’ भएका बेला देउवा त्यसको पर्वाह नगरी बसेर चुनाव सम्पन्न गरे । पाँच वर्षअघिको चुनाव सम्पन्न हुँदाको अवस्था जस्तो थियो, अहिले पनि ठीक उस्तै छ । आर्थिक वृद्धिदर बढ्न सकेको छैन । बरु झन् घट्दो अवस्थामा छ ।

वैदेशिक ऋण झन् बढ्दो छ । ऋणमुक्त हुने नेपालीको सपना सपनामै सीमित छ । वैदेशिक रोजगारीमा गएका युवाहरुले पठाएको रेमिट्यान्सले देश चलेको छ । तर त्यसले देशको ढुकुटी भर्न सकेको छैन । आम जनताको पेटमा जाने गाँस मात्रै केही मात्रामा गुजारा भएको छ ।

यस्तो अवस्थामा देशको अर्थतन्त्रलाई सही बाटोमा लैजाने ‘रोडम्याप’ के हो ? यसमा देउवाको योजना के छ ? खाली सत्ता र स्वार्थ भए पुगिहाल्ने स्वभावका प्रचण्डलाई अर्थतन्त्रको अवस्थामा सुधार ल्याउन कति अग्रसर पार्न सकिन्छ ? माधव नेपाल कता के सोचिरहेका छन् ?

यस्तो अवस्थामा कम्तीमा भूकम्प, नाकाबन्दी र कोभिड महामारीपछि देश अहिले विस्तारै पुरानै लयमा फर्किने अवस्थामा छ । यो लय फर्किदा कति स्वतन्त्र भएर देश अघि बढ्छ ? नेताहरु गम्भीर भएर कसरी अगाडि बढ्छन् ? नेताहरुले के गर्छन् ?

अर्थशास्त्रीको योजनाअनुसार कसको नेतृत्वको सरकारले देशको अर्थतन्त्रलाई टेवा दिन्छ ? यी धेरै प्रश्न र चाँसोमा जनताको दैनिकी अघि बढिरहेको छ । तर बालुवाटारमा नयाँ सरकार गठनबारे दैनिक छलफल सुरु गरेका देउवा, प्रचण्ड र माधव नेपालको ध्यान त्यता गएको देखिदैन । अब पाँच वर्ष ढुक्कले प्रतिपक्षमा सीमित हुने ओलीले झन् त्यतातिर सोच्ने कुरै छैन ।

आखिर देशको अर्थतन्त्र कसरी उकालो लाग्छ ? कसरी सुध्रिन्छ ? आर्थिक समृद्धि कसरी हासिल हुन्छ ? यो केवल सोचनीय प्रश्न मात्रै बनेको छ ।

 

 

 

 

 

 

 

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  २ : २७ बजे

झापा इनर्जीको आईपीओ दिन अन्तिम दिन 

काठमाडौं– झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ)मा आवेदन

हुम्लाका गाउँगाउँमा नेपाल टेलिकमको ‘फोरजी’ सञ्चालनमा

हुम्ला– टेलिफोन तथा इन्टरनेटको समस्या झेलिरहेका जिल्लाको चङ्खेली गाउँपालिकामा चौथो

जिल्ला प्रशासन कार्यालय काभ्रेद्वारा सेवा सुचारु

काभ्रेपलाञ्चोक– हालैको जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त सरकारी कार्यालयद्वारा आफ्ना सेवालाई

नवनियुक्त मन्त्रीको शपथ साढे ११ बजे शीतल निवासमा : गृहमन्त्री अर्यालको नाममा विवाद

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज

ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस

ताप्लेजुङ– विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ