कर्णालीाका जिल्लामा १६ प्रतिशतसम्म मत बदर | Khabarhub Khabarhub

कर्णालीाका जिल्लामा १६ प्रतिशतसम्म मत बदर


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत ४ मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनअन्तर्गत कर्णालीका विभिन्न जिल्लामा भएको मत बदर संख्या करिब १६ प्रतिशतसम्म रहेको पाइएको छ ।

सल्यानमा १३ हजार ६ सय १४ मत बदर भएको छ । ८३ हजार ७०४ मत खसेको सल्यानमा १६ प्रतिशत मत बदर भएको छ । निर्वाचन कार्यालयहरूले दिएको प्रारम्भिक तथ्यांकअनुसार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मात्रै आठ हजार ३ सय १८ मत बदर भएको छ ।

डोल्पामा करिब दुई हजार मत बदर भएको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा एक लाख ५४ हजार ८११ मत खसेकोमा आठ हजार तीन सयभन्दा धेरै मत बदर भएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले जानकारी दिए । यो करिब ५.३७ प्रतिशत हुन आउँछ । पाँच वर्षअघिको निर्वाचनको तुलनामा बदर मतको दर घटे पनि कर्णालीमा मतदाता शिक्षा अझै प्रभावकारी हुन नसकेको देखिन्छ ।

निर्वाचन कार्यालय डोल्पाका अनुसार १७ हजार ८३७ मत खसेकोमा एक हजार ९९९ मत बदर भएको छ, जुन ११ प्रतिशभन्दा धेरै मत बदर हो ।

जाजरकोटमा ११ प्रतिशत मत बदर भएको निवार्चन कार्यालयले जनाएको छ । जाजरकोटमा प्रत्यक मतदान केन्द्रमा ४ देखि ११ प्रतिशत मत बदर भएको पाइएको निर्वाचन कार्यालय जाजरकोटका निमित प्रमुख नवीन कठायतले जानकारी दिए ।

खासगरी मतदातामा शिक्षाको कमी, राजनीतिक दलहरूले निर्वाचन तालमेल गरे पनि मतदातालाई भोट हाल्ने तरिका सिकाउन बेवास्ता गर्नु र मतदाता शिक्षा कार्यक्रम सबै टोल बस्तीमा पुग्न नसकेकैले मत बदर भएको सरोकारवालाहरू बताउँछन् ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ३ : ३० बजे

कीर्तिपुरमा बाघ भैरव जात्रा (तस्बिरहरू)

कीर्तिपुर– कीर्तिपुरमा आज बाघ भैरव जात्रा मनाइँदै छ । यो

कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण

झापा– झापाको कनकाई नगरपालिका– ४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह

स्पेनिस ला लिगा : बार्सिलोनाको विजयी सुरुवात

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ

एमाले विधान महाधिवेशनको तयारी तीव्र, १९ दिन बाँकी, २३ सय ९२ जना सहभागी हुने 

काठमाडौं– यही भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको

फेदीखोला हाइड्रोपावरले साधारण सेयर बिक्री गर्ने

काठमाडौं– फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १७ करोड ५० लाख बराबरको