सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री अर्याल « Khabarhub

सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री अर्याल


१६ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सहिदहरू राष्ट्रका ऊर्जा, प्रेरणा र मार्गदर्शनका शाश्वत स्रोतका रूपमा रहेका बताएका छन् । 

राष्ट्रिय सहिद दिवसका अवसरमा आज काठमाडौंको गोकर्णेश्वर नगरपालिका-४ मा आयोजित ‘जेन-जी’ सुशासन योद्धा र अमर प्रहरीको विवरण समेटिएको सहिद स्मृति स्तम्भ उद्घाटन समारोहमा उनले सहिदहरूको बलिदानकै कारण आज मुलुक स्वतन्त्रता भएको धारणा राखे ।

गृहमन्त्री अर्यालले मुलुकमा लोकतन्त्र, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना सम्भव हुनुको कारण सहिदहरूको बलिदान रहेको स्पष्ट पारे । उनले विभिन्न कालखण्डमा राष्ट्रका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने वीर सहिदप्रति उच्च सम्मान व्यक्त गरे ।

उनले भने, ‘सहिदहरूको रगतले सिञ्चित यो भूमि आज स्वतन्त्र छ । उहाँहरूको बलिदानकै कारण संविधानसहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । सहिदहरूले देखाएका सपना साकार पार्न वर्तमान सरकार पूर्ण रूपमा कटिबद्ध छ ।’

गृहमन्त्री अर्यालले सहिद परिवारको संरक्षण, सम्मान र सहयोगलाई सरकारले सधैँ उच्च प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि राज्यको तर्फबाट आवश्यक सहयोग र सम्मान निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे । सहिद परिवारले भोग्नुपरेका समस्या समाधान गर्न सरकार गम्भीरतापूर्वक लागिपरेको उनको भनाइ छ ।

‘विभिन्न समयमा देशका लागि आफ्नो ज्यान अर्पण गर्ने सम्पूर्ण अमर सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु’, गृहमन्त्री आर्यालले भने, ‘जेन-जी आन्दोलनका सहिदसहित सबै सहिद परिवारलाई सरकारले सधैँ उच्च सम्मान प्रदान गर्नेछ । उहाँहरूका पीडा र समस्या समाधान गर्नु सरकारको प्रमुख दायित्व हो ।’

गृहमन्त्री आर्यालले वर्तमान सरकार नागरिकमैत्री सरकार भएको उल्लेख गर्दै यो सरकारले सधैँ नागरिकसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले कठिन परिस्थितिमा अभिभावकविहीन महसुस गरेका नागरिकका लागि सरकारले अभिभावकको भूमिका निर्वाह गरिरहेको दाबी गरे ।

उनले सुशासन, शान्ति सुरक्षा, सामाजिक न्याय र नागरिकको जीवनस्तर उकास्ने कार्यमा सरकार केन्द्रित रहेको जिकिर गरे । 

सहिदहरूको त्याग र बलिदानलाई स्मरण गर्दै त्यसबाट प्रेरणा लिई राष्ट्र निर्माणमा सबै नागरिक एकजुट हुनुपर्नेमा उनले जोड दिए । 

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, सहिद परिवारका सदस्य, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उपस्थिति थियो ।
 

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ६ : ०८ बजे

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको