सोमालियाको चर्चित होटेलमा भएको आक्रमणमा परी चार जनाको मृत्यु « Khabarhub

सोमालियाको चर्चित होटेलमा भएको आक्रमणमा परी चार जनाको मृत्यु


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सोमालियाको राजधानी मोगादिसुमा रहेको एक चर्चित होटलमा इस्लामिक लडाकु समूह अल शबाबले गरेको आक्रमणमा चार जना मारिएका छन् ।

उक्त होटेललाई रातभर घेराबन्दी गरी अल शबाब लडाकुले आक्रमण गरेको र घटनामा चार जनाको मृत्यु भएको सुरक्षा निकायका अधिकारीले सोमबार एएफपीलाई जानकारी दिएका छन् ।

आतङ्ककारीहरूले राष्ट्रपति भवननजिकैको होटलमा गोली प्रहार गरेको १२ घण्टाभन्दा बढी समयपछि पनि गोली र विस्फोटको आवाज सुनिएको थियो ।

बन्दुकधारीहरू सरकारी सेनाले घेरिएको होटलको एउटा कोठामा लुकेका राष्ट्रिय सुरक्षा निकायका अधिकारी मोहम्मद दाहिरले एएफपीलाई बताएका छन् ।

‘अहिलेसम्म हामीले चार जनाको मृत्यु भएको पुष्टि गरेका छौं’,उनले भने भएको छ । अहिलेसम्म घेराबन्दी गरिएको स्थानबाट अन्यको उद्धार गरिएको छ । छिट्टै अवस्था सामान्यमा फर्किने उनको भनाइ छ । आक्रमणका क्रममा सरकारी अधिकारीहरु समेत घाइते भएको उनले बताए ।

सोमालियाका राष्ट्रपति हसन शेख मोहम्मदको कार्यालयबाट केही ब्लकको दूरीमा रहेको राजधानीको सुरक्षित मध्य भागमा रहेको भिल्ला रोज भन्ने होटेलमा बारम्बार सांसदहरूको आवत जावत हुने गरेको बताइएको छ ।

विगत १५ वर्षदेखि सोमालियाको केन्द्रीय सरकारलाई ध्वस्त पार्ने प्रयास गरिरहेको अल–कायदासँग आवद्ध अल शबाबले आक्रमणको जिम्मेवारी लिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार लडाकुहरुले होटलको गेट र परिसरमा विस्फोट गराएका थिए । सोमबार बिहान प्रहरी सो होटलमा प्रवेश गरेको र उद्धारको काम सुरु गरेको बताइएको छ ।

अल शबाबले पछिल्लो समयमा सुरक्षाकर्मी, सर्वसाधारण नागरिक एवम् विभिन्न भौतिक संरचनाहरुमा पनि आक्रमण गर्ने गरेका छन्

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ५ : ०५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै