बैंकिङ कसुर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ | Khabarhub Khabarhub

बैंकिङ कसुर मुद्दाका फरार दुई प्रतिवादी पक्राउ


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बैंकिङ कसुर मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा जुम्ला कनकासुन्दरी गाउँपालिका ५ घर भई हाल काठमाडौं टोखा बस्ने ५१ वर्षीय देवी कृष्ण न्यौपाने र काभ्रेको भुम्लु गाउँपालिका १ घर भई भक्तपुर चाँगुनारायण नगरपालिका २ दुवाकोट बस्ने ४७ वर्षीय मुकुन्दप्रसाद पराजुली रहेको प्रहरीले जनाएको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले न्यौपानेलाई बालकुमारीबाट आइतबार र पराजुलीलाई भक्तपुरको चाँगुनारायणबाट सोमबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उच्च अदालत पाटनको १४ मंसिर २०७८ को फैसलाले बैंकिङ कसुर मुद्दामा देवीकृष्ण न्यौपानेलाई नौ लाख रुपैयाँ जरिवाना र पाँच दिन कैद सजाय र सोही अदालतको १५ साउन २०७९ को फैसलाले मुकुन्दप्रसाद पराजुलीलाई १५ लाख रुपैयाँ जरिवाना र पाँच दिन कैद सजाय ठहर गरेको थियो ।

उनीहरूले पीडितलाई दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको थियो । फैसला कार्यान्वयनका लागि पक्राउ परेकामध्ये न्यौपानेलाई जिल्ला अदालत ललितपुर र मुकुन्दप्रसादलाई जिल्ला अदालत काठमाडौंमा पेस गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ५ : ५८ बजे

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’