यू–१९ राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिमद्वारा प्रदेश नं १ पराजित « Khabarhub

यू–१९ राष्ट्रिय क्रिकेटमा सुदूरपश्चिमद्वारा प्रदेश नं १ पराजित


१२ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले प्रदेश नं १ लाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले प्रदेश नं १ लाई दुई सय १३ रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो ।

प्रतियोगितामा लगातार चौथो जितसँगै सुदूरपश्चिम फाइनल नजिक पुगेको छ । जितको लागि दुई सय ६५ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश नं १ १६।३ ओभरमा ५१ रनमा समेटियो । प्रदेश नं १ का भूपाल दङ्गालले ३२ बलमा १० रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

सुदूरका हेमन्त धामीले ५ विकेट लिए भने आकाश चन्दले ३ विकेट लिए । मिलन बोहराले २ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ६४ रन बनायो ।

सुदूरको लागि कप्तान अनुराग सिंहले सर्वाधिक ८३ रनको योगदान दिए । मिलन बोहराले ६४ रन जोडे । दीपक बोहराले ३२, आकाश चन्दले २० तथा विशाल ऐरले १३ रन जोडे । प्रदेश नं १ का अभिनय राजवंशीले ४ विकेट लिए भने आषिश मगर र दीपेश कँडेलले समान २ विकेट लिए ।

प्रकाशित मिति : १२ मंसिर २०७९, सोमबार  ७ : १६ बजे

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको