मास्क लगाएर वायु प्रदूषणको बारेमा आवाज उठाऔँ « Khabarhub

मास्क लगाएर वायु प्रदूषणको बारेमा आवाज उठाऔँ

‘गाउँ सहरमा ज्यान लिने कारक बन्दैछ वायु प्रदूषण’



काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषणका कारण सर्वसाधारणको जीवन कष्टकर बन्दै गएको छ । काठमाडौँ उपत्यकाको सडक विस्तार, बढ्दो सवारी सङ्ख्या तथा सवारी चाप, धुलो, धुवाँ लगायतका वायु प्रदूषणका कारण मानिसको जीवन दिन प्रतिदिन कष्टकर बन्दै गएको विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार वायु प्रदूषणमा पाइने हेभी मेटल्स, सिलिकन लगायतका हानिकारक तथा क्यान्सिरोजेनस तत्त्वका कारण मानिसहरूमा दम, खोकी, छातीको सङ्क्रमण, क्यान्सर जस्ता दीर्घकालीन रोगको सङ्क्रमण बढ्दै गएको छ । अहिले काठमाडौँमा बढेको वायु प्रदूषणको कारण स्वास्थ्यमा कस्ता असर देखा पर्छन् ? कसरी यो समस्याबाट बच्न सकिन्छ ? कस्ता व्यक्तिलाई धेरै समस्या देखा पर्ने हो ? उपचार तथा बच्ने उपायका बारेमा आधारित भएर वातावरणविद् भूषण तुलाधरसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश :

वायु प्रदूषण भनेको के हो ?
हाम्रो जनस्वाथ्यको लागि एउटा खतरा हो । नेपालका दुई तिहाई घरमा अझै दाउरा, गुइँठा बाल्ने चलन छ, यसले वातावरण र जनस्वास्थ्य असर पारेको छ ।

अहिले हामी कुन अवस्थामा छौँ ?
काठमाडौँ विश्वको प्रदूषित सहरको सूचीमा पर्दछ । घरभित्रको प्रदूषण पनि नेपालमा धेरै छ विशेष गरी यो जाडो महिनामा बढी वायू प्रदूषण हुने गरेको छ । नेपालमा वर्षेनी करिब ४२ हजार मानिसको बायु प्रदूषणको कारणले ज्यान जाने विभिन्न अध्ययनले जनाएको छ । फोक्सो, मुटुका रोग र मस्तिष्क रोग पनि लागेको छ ।

वायु प्रदूषण बढ्नुको कारण के हो ?
कुनै पनि कुरा बाल्दा चाहे त्यो घर भित्र बाल्ने दाउरा, गाडीको धुवा, धुलो,उद्योगहरूबाट प्रदूषण हुने गर्दछ । यसले वायु प्रदूषण गरेको छ ।

जाडो सुरु भएपछि वायु प्रदूषण किन बढ्छ ?
पानी पर्न बन्द हुन्छ । पानीले फोहोर पखाल्छ । जाडोमा चिसो हावाले उपत्यकाको बेलुकाको प्रदूषण बाहिर जान सक्दैन । दिउसो हल्का हावा चल्छ र त्यो बाहिर जान्छ । जाडोमा आगो बालेर ताप्ने काम बढी हुन्छ र उद्योगहरू पन धेरै जाडोमा नै चल्छन् ।

एउटा विज्ञको हिसाबले अहिले प्रदूषणलाई कत्तिको ठुलो समस्या देख्नु भएको छ ?
अहिले वायु प्रदूषणले स्वस्थमा असर गर्दछ भनेर धेरै अध्ययनहरुले जनाएका छन् । श्वास प्रश्वासमा र रक्तनलीदेखि लिएर सम्पूर्ण शरीरमा नै असर गर्दछ । त्यसैले प्रदूषणबाट बच्नु पर्दछ ।

घर भित्र र बाहिरको प्रदूषणलाई हामीले कसरी कम गर्न सक्छौँ ?
घर भित्रको प्रदूषण भनेको दाउरा, गुइँठा बाल्ने छ भने सके सम्म धुवा कम गर्ने व्यासको प्रयोग गर्ने, विद्युतीय चुलोहरू प्रयोग गर्ने, विद्युतीय चुलो कम खर्चमा चलाउन सकिन्छ । बाहिरको प्रदूषणले थोरै बाटो भए हिँड्ने साइकलको प्रयोग गर्ने,आफ्नो यातायातको धुवा व्यवस्थापनमा गर्ने कम गर्ने, फोहोरको व्यवस्थापन गर्ने,उद्योग धन्दाबाट कम धुवा निकाल्ने प्रवृत्ति अपनाउने । प्रदूषण नियन्त्रण गर्न आफूले घर भित्र बाट सुरु गर्नु पर्दछ ?

वायु प्रदूषण नियन्त्रणको लागि विभिन्न निकायले पनि आवाज उठाएका छन् तर पनि यो कम किन भएन ?
काठमाडौँ उपत्यका वायु गुणस्तर कार्य योजना मन्त्री परिषद्बाट पादीद भए नीति आएको थियो त्यो कार्यान्वयन भएन । सरकारले नीति मात्र ल्याएर हुँदैन नियत पनि हुनु पर्याे सरकारले बजेट पनि छुट्टाउनु पर्दछ ।

यो बढ्दै गएर भोलिको दिनमा कस्तो समस्या निम्त्याउँछ ?
हामी भन्दा प्रदूषित सहरहरू छन् त्यहाँ विद्यालय र उद्योगहरू बन्द गर्नु परेको थियो । त्यसैले यसले शिक्षामा र अर्थतन्त्रमा र जनस्वास्थ्यमा असर गर्दछ । यो वायु प्रदूषणलाई कम गर्न सकिन्छ, पेट्रोल डिजेलबाट चल्ने सवारी भन्दा विद्युतीय चलायौँ भने हामीले हाम्रो देशको विद्युत् प्रयोग गर्छौँ, साइकल चढ्यौँ भने त्यसले स्वास्थ्यमा धेरै फाइदा गर्दछ ।

अहिलेको अवस्थामा के गर्याे भने भावी पुस्तालाई सजिलो हुन्छ ?
यातायात मन्त्रालयले बसहरू व्यवस्थापन गर्नु पर्दछ । फोहोर मैला व्यवस्थापन गर्नु पर्दछ । धेरै काम हरू स्थानीय तह बाट गर्नु पर्ने हुनाले विशेष काम नगरपालिकाको हुन्छ । वातावरण मन्त्रालयले सबैलाई समेटेर कार्य योजना बनाएर अगाडी जाँदा राम्रो हुन्छ । निजी क्षेत्रले पनि सहयोग गर्नु पर्दछ ।

अन्तिममा, वायु प्रदूषणबारे के सन्देश दिन चाहनु हुन्छ ?
आफूले गर्ने हुन सक्ने प्रदूषणलाई कम गर्ने, प्रदूषण बढी भएको ठाउँमा जान्छौँ भने मास्कको प्रयोग गर्ने, प्रदूषणको विरोधबारे आवाज उठाऔँ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ७ : २० बजे

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको

काठमाडौं मनगरको नीति तथा कार्यक्रम सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार १९औँ नगरसभामा आर्थिक