एनएमएको अध्यक्षका लागि डा. दवाडीको उम्मेदवारी घोषणा  « Khabarhub

एनएमएको अध्यक्षका लागि डा. दवाडीको उम्मेदवारी घोषणा 


१० मंसिर २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को अध्यक्षका लागि डा. विश्वराज दवाडीले उम्मेदवारी घोषणा गरेका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत पाँच बुँदे कार्ययोजना प्रस्तुत गर्दै उनले एनएमएको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । डा। दवाडी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छन् ।

नेपाल मेडिकल काउन्सिलका निवर्तमान सदस्य रहेका उनी यसअघि नेपाली कांग्रेस निकट चिकित्सकहरूको संगठन प्रजातान्त्रिक चिकित्सक संघको सचिव थिए । 

उनले चिकित्सकहरूको पूर्ण सुरक्षा र शून्य सहनशीलताको नीति अवलम्बन गर्ने, वृत्ति विकास र विदेश पलायनलाई नियन्त्रण गर्ने कार्ययोजना अगाडि सारेका छन् । 

सैगरी, स्वास्थ्य नीतिमा एनएमएको निर्णायक हस्तक्षेप र भूमिकालाई सशक्त र निर्णायक बनाउने, एनएमएको आन्तरिक शुद्धीकरण र पारदर्शितामा जोड दिने र चिकित्सकहरूको एकता र सम्मानका लागि काम गर्नेलगायतका कार्ययोजना अगाडि सारेका छन् ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  १२ : ५९ बजे

सरकारको ‘नागरिक चौतारी’, नागरिकले सिधै दिन सक्नेछन् सुझाव

काठमाडौं – देश तथा विदेशमा रहेका नेपाली नागरिकलाई राज्यका गतिविधिमा प्रत्यक्ष सहभागी

कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

काठमाडौं– ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद बिक्री मुद्दामा पुर्पक्ष

कूटनीतिक पहलमार्फत चिया निर्यातमा देखिएका अवरोध हटाउन महासङ्घको माग

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घले कूटनीतिक पहल गरी चिया निर्यातमा

पीआर लिएर विदेश बस्ने दुई कर्मचारीविरुद्ध कारवाही सिफारिस, अरुको पनि खोजी हुँदै

काठमाडौं- भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

रवि लामिछानेले चाहे दश वर्ष लगातार सभापति बन्नुहुन्छ : सरिताश्री ज्ञवाली

काठमाडौं- जेन-जी आन्दोलनपछि सरिताश्री ज्ञवालीलाई सभापति रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र