रसफोर्ड चम्किदा युनाइटेडको सहज जित « Khabarhub

रसफोर्ड चम्किदा युनाइटेडको सहज जित


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मार्कोस रसफोर्ड चम्किदा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा नटिङ्घम फोरेस्टलाई ३–० अन्तरले पराजित गरेको हो।

मंगलबार राति भएको खेलमा रसफोर्डले एक गोल र एक असिस्ट प्रदान गरेका थिए। युनाइटेडको जितमा रसफोर्डसँगै एन्थोनी मार्टिअल र फ्रेडले समान एक एक गोल गरे।

खेलको १९औं मिनेटमा रसफोर्डले क्रिस्टियन एरिक्सनको पासमा गोल गरे। रसफोर्डको पासमा मार्टिअलले २२औं मिनेटमा २–० को अग्रता बनाए। दोस्रो हाफमा घरेलु टोली युनाइटेडले एक गोल थप्यो।

कासेमेरोको पासमा फ्रेडले तेस्रो गोल गरे। जितसँगै एरिक टेन हागको प्रशिक्षणमा रहेको म्यानचेस्टर युनाइटेड १५ खेलबाट २९ अंक सहित पाँचौ स्थानमा छ। पराजित फोरेस्ट १३ अंक सहित रेलिगेशन क्षेत्रमा छ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ९ : ५३ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह