रसफोर्ड चम्किदा युनाइटेडको सहज जित « Khabarhub

रसफोर्ड चम्किदा युनाइटेडको सहज जित


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मार्कोस रसफोर्ड चम्किदा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा नटिङ्घम फोरेस्टलाई ३–० अन्तरले पराजित गरेको हो।

मंगलबार राति भएको खेलमा रसफोर्डले एक गोल र एक असिस्ट प्रदान गरेका थिए। युनाइटेडको जितमा रसफोर्डसँगै एन्थोनी मार्टिअल र फ्रेडले समान एक एक गोल गरे।

खेलको १९औं मिनेटमा रसफोर्डले क्रिस्टियन एरिक्सनको पासमा गोल गरे। रसफोर्डको पासमा मार्टिअलले २२औं मिनेटमा २–० को अग्रता बनाए। दोस्रो हाफमा घरेलु टोली युनाइटेडले एक गोल थप्यो।

कासेमेरोको पासमा फ्रेडले तेस्रो गोल गरे। जितसँगै एरिक टेन हागको प्रशिक्षणमा रहेको म्यानचेस्टर युनाइटेड १५ खेलबाट २९ अंक सहित पाँचौ स्थानमा छ। पराजित फोरेस्ट १३ अंक सहित रेलिगेशन क्षेत्रमा छ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ९ : ५३ बजे

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’

टर्की, पाकिस्तान र साउदी अरबको रक्षा सम्झौता

एजेन्सी– टर्की सरकारले साउदी अरब र पाकिस्तानसँग भएको मक्का संयुक्त

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको