रुसले युक्रेनमा गरेको आक्रमण दोस्रो वर्षमा प्रवेश गरेको छ। सन् २०२३ मा सो युद्ध सकिन्छ वा सकिँदैन भन्ने चासो धेरैलाई छ। यसबारे युद्ध विज्ञहरुको मत पनि फरक छ। बेलायतका स्ट्रेटेजिक स्टडीज इन्स्टिच्युट एक्सेटरका विज्ञ माइकल क्लार्क विगतको संस्मरण गर्दै युरेसिया क्षेत्रमा प्राय जसो जसो नेताले जाडो याममा नै अर्को देश माथि धावा बोल्ने प्रचलन भएको बताउँछन्।
विगतमा नेपोलीयन, हिट्लर र स्टालिनले यसै महिनामा अर्को देशमाथि धावा बोल्ने गरेका थिए। धेरै जसो आक्रमणको समय स्प्रिङमा सकिएको थियो। धेरै युद्ध चाँडो सकिएका थिए। विगतमा थोरै समयमा सकिए पनि यस पटक युक्रेन ज्याद्रो नै भएका कारण अर्को वर्ष रुसले जीत हात पारि सक्ने त कुनै सम्भावना नै नभएको उनको मत छ।
क्रेमनीया र स्टाभोट नजिक त युक्रेनीहरू अझ ठुलो सफलताको नजिक पुगेका छन्। सामान्य रक्षा लाइन भन्दा ४० माइल पर उनीहरूले रुसी सेनालाई पछि धकेली सकेका छन्। खेर्सनको हार पछि रिकभरी भएको युक्रेनको सेना पछिल्लो समय अझ बढी आक्रामक हुन थालेको छ।
डिनीप्रो नदीको पूर्वमा प्रवेश गरेर क्रेमियाको कमजोर क्षेत्रमा आक्रमण गर्ने र रुसको कमजोर सडक संरचनामा आक्रमण गर्ने विकल्प त उनीहरूका सामु छदै छ। सन् २०२३ को स्प्रिङमा रुस कुन रूपमा प्रस्तुत हुने छ भन्ने धेरैको चासोको विषय हो।
पुटिनले अग्र मोर्चामा ५० हजार सेना थप गर्ने योजना बनाइसकेका छन्। अर्को वर्ष युद्ध गर्नका लागि नयाँ २ लाख ५० हजार जनाले अहिले प्रशिक्षण गरी रहेका छन्। रुसी सेना युद्ध मैदानमा थपिँदै जाँदा युद्ध अझ बढ्ने सम्भावना नै देखिएको छ।
यदि नाटोले पर्याप्त मात्रामा ट्याङ्क , हवाई जहाज र लामो दुरीमा प्रहार गर्ने रकेट धेरै मात्रामा पठाउने हो भने युक्रेनले छोटो समयमा नै जित हात पार्ने छ।
थोरै समयको युद्ध विरामको सम्भावना पनि दुई देशका नेताको अडानका कारण कमजोर बनेको छ। पुटिनले आफू नझुक्ने बताइसकेका छन्। युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकी पनि आफूहरू डटीरहने जनाइ सकेका छन्।
वासीङटनमा रहेका वैज्ञानिक तथा समीक्षक आन्द्रेइ पियोन्टोभोस्कीको मत भने फरक खालको छ। उनको विचारमा स्प्रिङ महिनासम्ममा युक्रेनले जीत हात पार्ने र युद्धको समाप्ति हुने सम्भावना पनि त्यत्तिकै छ। त्यसका लागि उनले केही आधार पनि देखेका छन्।
युक्रेनी सफलताको पहिलो राज भनेको उनीहरूको आत्मबल र समपूर्णको भाव नै हो। संसारका युद्धको इतिहास हेर्ने हो भने अहिले युक्रेनीमा जस्तो आत्म विश्वास, समर्पण र राष्ट्रियताको भावना देशका सम्पूर्ण नागरिकमा पहिला कहिले पनि देखिएको नै छैन।
दोस्रो कारण भने रुसी सत्ताले पछिल्ला वर्ष गरेको ज्यादतीका कारण उत्तर एटलान्टीक सन्धि सङ्गठन नाटो र योसँग नजिक रहेका देशले आफ्नो भूमिकाका बारे पुर्न विचार गर्ने छन्। यसको पहिलो उदाहरण नाटोका महासचिव जेन्स सेलकेनबर्गको पछिल्ला अभिव्यक्ति पनि हो।
“हामीले तिरेको मूल्य पैसासँग सम्बन्धित छ, युक्रेनले तीरेको मूल्य रगतसँग सम्बन्धित छ। यदि उनीहरूले सफलता पाउने हो भने अझ धेरै सहयोग गर्न जरुरी छ” उनले भनेका छन्।
पियोन्टोभोस्कीको विचारमा युक्रेनले जीत हात पार्ने समय नाटोले युक्रेनलाई कुन समयमा के सहयोग गर्छ भन्ने नै हो। यदि नाटोले पर्याप्त मात्रामा ट्याङ्क , हवाई जहाज र लामो दुरीमा प्रहार गर्ने रकेट धेरै मात्रामा पठाउने हो भने युक्रेनले छोटो समयमा नै जित हात पार्ने छ।
निकट भविष्यमा नै मेलटिपुलमा निर्णायक झडप हुने अनुमान गरिएको छ। त्यहाँ जित हात पारे भने युक्रेनी सेना सहजै अजोद सागरमा पुग्ने छ। त्यहीबाट त्रिमियाको आपूर्ति र सञ्चारका लाइन पूर्ण रूपमा काटिने छ।
युक्रेनीहरू युद्धमा फर्किएसँगै रुस नयाँ योजनाको बारे लगातार छलफल गरी रहेको छ। तीन सुरक्षा शक्तिको रूपमा रहेका बेलायत, अमेरिका युक्रेनको नयाँ समीकरण संसारकै लागि अर्थपूर्ण पनि हुन सक्ने छ।
यो युद्धले रुस भित्र धेरै असन्तोष पैदा गरेको छ। यो असन्तुष्टिलाई महसुस गर्दै राष्ट्रपति भ्लाडिमिर पुटिनले फेरी शान्ति वार्ताको काम गर्न सक्छन्।
किङ्स कलेज लन्डनका युद्ध विभागका प्राध्यापक बारबरा जान्चुटाका अनुसार यो वर्ष युद्ध सकिने सम्भावना कमै छ। उनी पनि रुसले जुन अनुमान गरेर युद्धको सुरुवात गरेको थियो, त्यो भन्दा धेरै कुरा फरक भएको कुरा बताउँछन्।
रुसले सोचेको भन्दा युक्रेनको सहन सक्ने तथा लगातार भिड्न सक्ने खुबीका कारण नै यो युद्ध लम्बिएको उनको मत छ। त्यसमा नाटो र अन्य पश्चिमा राष्ट्रले गरेको सहयोगका कारण युक्रेन त कुनै पनि हालतमा अब आउने वर्षमा कमजोर नहुने उनको मत छ।
यो जाडोको महिना अलि बढी कठिन हुन सक्छ। रुसले लगातार आक्रमण गरे पछि त्यहाँको जनजीवन अझ कठिन बन्नु सक्छ। यसका बाबजुद युक्रेनको विगत हेर्दा यो कठिन परिस्थितिको सामना गर्न सक्षम देखिन्छ।
युद्ध विराम र शान्तिका लागि कमसे कम एक पक्षबाट आफ्नो अडानबाट पछि हट्नु पर्ने हुन्छ। यो युद्धले रुस भित्र धेरै असन्तोष पैदा गरेको छ। यो असन्तुष्टिलाई महसुस गर्दै राष्ट्रपति भ्लाडिमिर पुटिनले फेरी शान्ति वार्ताको काम गर्न सक्छन्।
विगतमा पनि आक्रमण गर्ने देशले गलत आङ्कलन गरेको ठहर गरेका कारण युद्धको अन्त्य भएको थियो। युद्धको सुरुवात गर्ने देशले नै अन्त्यको पहल गरेका थिए। भियतनामबारे अमेरिकाले गरेको आङ्कलन होस या अफगानिस्तानका बारे सोभियत संघले गरेको आङ्कलन यी दुवै उत्तिकै गलत थिए। यो गलत आङ्कलनका कारण घर भित्रै असन्तुष्टि सहन ती देश बाध्य भएका थिए।
यदि त्यसो भएन भने पश्चिमाहरूले लगातार युक्रेनलाई सहयोग गरेको खण्डमा युक्रेनमा युद्ध लम्बिने पक्का छ। यसले रुस भित्रको जीवन यापनको समस्यालाई अझ बढी कठिन बनाउने छ।
युनाइटेड स्टेट्स आर्मी युरोपका बेन होज अब आउने वर्ष रुसको पराजय भए मात्र युद्ध सकिने बताउँछन्। उनका विचारमा पनि युक्रेनको हार या युद्ध विराम दुवै सम्भावना कम छ।
विज्ञहरूको अबको वर्ष युद्ध कता जान्छ भन्न विषयमा फरक मत रहे पनि धेरै पश्चिमा देश निकटहरूले युक्रेनको जितको सम्भावना बढी देख्न थालेका छन्
उनको बिचार मा सम्पूर्ण घटनाक्रम आधार मान्दा अब आउँदो वर्ष युक्रेनले रुस माथि विजय हात पार्ने छ। जाडो महिनामा युक्रेन सुस्त पनि देखिन सक्छ। यसै बिचमा बेलायत, क्यानडा र जर्मनबाट युक्रेनमा हतियार पुग्ने छन्।
जनवरीमा युक्रेनले आफ्नो तयारीलाई अझ विस्तृत बनाउन सक्ने छ। उनी पनि अहिले युक्रेनी सेना मात्र होइन जनतामा पनि देखिएको लगाव र समपूर्णका कारण उनीहरूको हारका सम्भावना कमै छ। खेर्सनबाट रुस फर्कनु यस कुराको सुरुवात भएको उनको मत छ।
खेर्सनबाट रुस फर्कनुका पहिलो कारण युक्रेनीका युद्धमा समर्पण हो भने दोस्रो कारण पछिल्लो समय थपिएको हतियारको सङ्ख्या हो। होजको विचारमा आउँदो वर्षको अन्त्यसम्ममा क्रेमियामा रुसको प्रभाव नै सकिने छ।
इजरायलका सैन्यविद्, डेभिड जेन्डलम्यानको विचारमा पनि आउँदो वर्ष युद्ध सकिने सम्भावना कम छ। अहिले रुसका तीन लाख सेनामा युद्धमा संलग्न छन्। यो सङ्ख्या बढाए अझ धेरै बनाउने विकल्प उनीहरूसँग छ।
रुसले लहोन्सक र डोन्सटेकलाई नियन्त्रणमा राखेर नै अन्य केही भागमाथि कब्जा जमाउन खोज्ने छ। बखमुत र अभिडाकामा अझ अगाडी बढ्न सक्ने छ। रुसले युक्रेनको ऊर्जा श्रोत माथि नै आक्रमण गरेर त्यहाँका जन जीवन कठिन बनाउने नीति लिने छ।
विज्ञहरूको अबको वर्ष युद्ध कता जान्छ भन्न विषयमा फरक मत रहे पनि धेरै पश्चिमा देश निकटहरूले युक्रेनको जितको सम्भावना बढी देख्न थालेका छन्। युक्रेनीको समर्पणयुक्त भावना नै यसको मुख्य आधार हुन सक्ने छ।
(स्रोत : बीबीसी)