प्रधानमन्त्री प्रचण्ड भोलि बालुवाटार सर्ने « Khabarhub

प्रधानमन्त्री प्रचण्ड भोलि बालुवाटार सर्ने


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भोलि मात्र सरकारी निवास बालुवाटार सर्ने भएका छन् । प्रधानमन्त्री बिहीबार बालुवाटार सर्ने तयारी भइरहेको प्रचण्डका प्रेस सल्लाहकार सूर्य किरणले न्युज कारखानालाई जानकारी दिए । 

प्रचण्डले साइत हेरेर मात्र बालुवाटार सर्ने कुरामा कुनै सत्यता नरहेको समेत उनले बताए । सोमबार प्रधानमन्त्रीको शपथ ग्रहण गरेका प्रचण्ड हाल निजी निवास खुमलटारमै बसिरहेका छन् । उनले यसअघि बालुवाटारमा आफ्नो लागि भन्दै कुनै भड्किला सामान नकिन्न समेत निर्देशन दिएका थिए ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आजै बालुवाटार छाडेका छन् । उनी बालुवाटारबाट निजी निवास बुढानीलकण्ठ नगई धुम्बाराहीस्थित भाडाको घरमा सरेका हुन् ।  

 

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  १ : ३४ बजे

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

काठमाडौं– कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा

बाढीको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने

काठमाडौँ – भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं- सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे

शुक्रबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६