कांग्रेसले सबथोक गुमाएको जिम्मेवारी कसले लिन्छ ? « Khabarhub

कांग्रेसले सबथोक गुमाएको जिम्मेवारी कसले लिन्छ ?


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँसभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको लोभ गर्दा कांग्रेसले सबथोक गुमाएको छ । जुन कांग्रेसका लागि सबथोक मात्रै थिएन, लामो समयदेखि पार्टीभित्र आलोचना खेपेर पनि माओवादीलाई अहिलेको साइजमा राख्न गरिएको ठूलो त्याग र तपस्या थियो ।

बाँकी पाँच वर्ष पनि सत्ताधारी भएर बिताउने कांग्रेस नेता तथा कार्यकर्ताहरूको योजनामा चिसो पानी छ्यापेर प्रचण्ड एमालेसँग मिल्दै प्रधानमन्त्री बनेका छन् । आफूलाई पहिला प्रधानमन्त्री दिनुपर्ने उनको माग सम्बोधन गर्न कांग्रेसले ढिलाई गर्दा यतिबेला सत्तामै रहेर अर्को सत्ता चलाउने स्वर्णिम अवसर कांग्रेसले गुमाएको छ ।

देउवाको व्यक्तिगत लोभ र हठले गर्दा यतिबेला कांग्रेस पुर्पुरोमा हात लगाएर बस्न बाध्य भएको छ । बाहिर दृश्यमा देउवाप्रति ठूलो आश गरेर उनले निराशा दिएको भनिएपनि यसका पछाडि ढिलासुस्तीलाई नै कारक ठान्ने कांग्रेस प्रवृत्ति जिम्मेवार छ ।

कुनै पनि निर्णय छिटो नगर्ने र सकेसम्म झुलाएर राख्ने कांग्रेस प्रवृत्तिका कारण यतिबेला कांग्रेसको हातबाट सबथोक गुमेको छ । राष्ट्रपति बन्ने, प्रधानमन्त्री बन्ने, सभामुख रोज्ने वा सबै शक्तिकेन्द्रमा आफ्नो बोलवाला राख्ने कांग्रेस योजना छताछुल्ल हुँदा यतिबेला नेता कार्यकर्ता आक्रोशित भएका छन् ।

कांग्रेस सत्तामा हुँदाहुँदै फेरि सत्ता चलाउने पक्कापक्की भएका बेला एक जना अस्थिर नेताको मनोदशा बुझ्न नसक्दा आफ्नो मनोदशा बिग्रनुमा कांग्रेस सभापति देउवा मात्रै जिम्मेवार छन् कि अरु पनि ? यो प्रश्न यतिबेला कांग्रेसमा पेचिलो गरि उठेको छ ।

मुख्यतया कांग्रेसमा यतिबेला यति ठूलो अवसर चुकाएको विषय गम्भीर रुपमा समीक्षा हुँदैछ । रूपान्तरण र पुस्तान्तरणको स्वर चर्केका बेला देउवाको निर्णयले गर्दा पार्टीले नै प्रतिपक्षमा बस्नुपर्ने मूल्य चुकाएपछि कांग्रेस इतर पक्ष आक्रोशित छ ।

सुरुदेखि नै माओवादीसँग गठबन्धन नगरी एक्लै चुनावमा जानुपर्नेमा जोड दिदैँ आएको संस्थापनइतर पक्ष यतिबेला देउवाविरुद्ध घेराबन्दी गर्ने योजनामा छ । १४ औँ महाधिवेशनमा देउवाको धेरै ठूलो शक्तिलाई विस्तारै घटाएर पछिल्लो समय बलियो बन्दै गएको संस्थापनइतर समूह यसबेला देउवा झन् आलोचित भएका बेला नयाँ रणनीति बनाउने पक्षमा छ ।

संस्थापनइतरबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा आक्रामक रुपमा देउवाविरुद्ध उत्रिएका छन् । उनीहरूले खुलेआम अब कांग्रेसको रूपान्तरण गरिने भन्दै देउवा लगायतका नेताहरूमाथि दबाब बढाउँदै गएका छन् ।

गगन र शेखरले भनेजस्तै कम्युनिस्टसँगको गठबन्धन विस्तारै कांग्रेसका लागि प्रत्युत्पादक हुने भनेका बेला अहिले देउवालाई त्यस्तै भएको छ । पदीय भाग नपाउँदा प्रचण्ड जसरी कांग्रेसलाई छाडेर एमालेको कित्तामा पुगेका छन्, त्यसले कांग्रेसको मथिंगल हल्लिएको छ ।

अब बस्ने कांग्रेस केन्द्रीय बैठक, पदाधिकारी बैठकहरूमा अहिले कांग्रेस प्रतिपक्षी बन्नुको जिम्मेवारी कसले लिन्छ ? देउवाले त्यसको जवाफ कसरी दिन्छन् ? देउवाको सल्लाहकार समिति र कोर टिममा कसको कमजोरी कति छ ? यी सबै विषयमा गम्भीर छलफल हुने सम्भावना छ ।

महत्वपूर्ण कुरा कांग्रेसलाई प्रतिपक्षीमा धकेल्ने माओवादी नभई देउवा नै जिम्मेवार भएको भन्दै केही नेता कार्यकर्ताले राजीनामा मागिरहेका छन्, यसको सामना देउवाले कसरी गर्लान् ? यी यावत प्रश्न र बहस ब्युँतिएको बेला कांग्रेसका अब हरेक बैठकमा देउवालाई सकस हुने पक्का छ ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  २ : १२ बजे

निर्मल पुर्जाको निधन

काठमाडौं- चर्चित आरोही निर्मल पुर्जाको निधन भएको छ । पाकिस्तानको

सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन संकायको छतबाट हाम फालेर

ब्रोड पिकमा उद्धार अभियान जारी, ड्रोनले थप शव देखेको दाबी

पाकिस्तान-पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट