नेपालगञ्जमा पूर्वाधार विकासका योजना कार्यान्वयन | Khabarhub Khabarhub

नेपालगञ्जमा पूर्वाधार विकासका योजना कार्यान्वयन


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा– नेपालगञ्ज उपमहानगरपालिकामा पूर्वाधार विकासका योजना कार्यान्वयन सुरु भएका छन् । आर्थिक वर्षको अन्तिम महीनामा मात्रै बजेट खर्च हुने परिपाटीलाई परिवर्तन गर्न अहिले देखिनै योजना कार्यान्वयन प्रक्रिया सुरु गरिएको उमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जानकारी दिए। 

उनका अनुसार, चालु आर्थिक वर्ष २०७९-०८० का योजना भदौ महिनादेखि कार्यान्वयन प्रक्रिया सुरु भइ मङ्सिर महीनाबाट काम सञ्चालन गर्ने गरी काम भएपनि प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण केही ढिलाइ भएकोमा अहिले योजना कार्यन्वयन प्रक्रियाको काम धमाधम भइरहेको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य र सडक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर योजना निर्माण गरेको छ । आवको सुरुआतमै सक्रिय भएमा आवको अन्त्यमा कामको भार कम हुने र आगामी वर्षका योजना छनोट गर्न सहज हुने भएकाले समयमै काम थालेको योजना तथा बजेट शाखा प्रमुख तेजेन्द्र रोकायाले बताए । 

नेपालगञ्ज बसपार्कदेखि सूर्यगाउँसम्मको १३ सय मिटर सडक, मनिकापुर सडक, काञ्जीहाउस निर्माण, बागेश्वरी मन्दिर पुल निर्माणलगायतका पूर्वाधार विकासका योजना कार्यान्वयनको लागि डिपीआर निर्माण र सम्झौताको काम भइरहेको रोकायाले बताए। केन्द्रीय सरकारको योजना अन्तर्गत अहिले नेपालगञ्जमा जमुनाहदेखि राँझासम्मको चारलेन सडक स्तरोन्नति कार्य भइरहेको छ । 

जमुनाहदेखि कोहलपुरसम्मको चारलेन सडक निर्माण भएयता यो वर्ष राँझासम्मको सडक स्तरोन्नति कार्य भइरहेको डिभिजन सडक कार्यालय बाँकेका प्रमुख निरज शाक्यले जानकारी दिए ।

 

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ३ : ०५ बजे

मन्त्रिपरिषद्‌मा केही करेक्सन गर्नुपर्ने भएकाले साना दललाई पनि समेटेका हौँ : उपाध्यक्ष पौडेल

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मन्त्रिपरिषद्‌मा केही करेक्सन गर्नुपर्ने

नाइजेरियामा विद्यालय भवन भत्किँदा २२ जनाको मृत्यु

काठमाडौं– उत्तर-मध्य नाइजेरियामा शुक्रबार बिहानको कक्षाको क्रममा दुई तले विद्यालय

रास्वापाले बाटो मोडिसक्यो, दरिलो प्रतिपक्षी हुन्छ : डीपी अर्याल 

काठमाडौं –राष्ट्रिय स्वतन्त्र  पार्टी (रास्वपा)ले अब दरिलो प्रतिपक्षी हुने दाबी

एक वर्षको अवधिमा सर्पको टोकाइबाट १० जनाको मृत्यु

घोराही– यही असार १२ गते दिउँसो घर नजिकै बारीमा घाँस

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। पार्टी