सिकाइ उपलब्धि वृद्धि गर्न उपचारात्मक कक्षा सुरु | Khabarhub Khabarhub

सिकाइ उपलब्धि वृद्धि गर्न उपचारात्मक कक्षा सुरु


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कावासोती– सामुदायिक विद्यालयमा पाठ्यक्रमले तोकेको सिकाइ उपलब्धि कम भएको भन्दै कावासोती नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयले सिकाइ उपलब्धि वृद्धि गर्न उपचारात्मक कक्षा सुरु गरेका छन् । चालु शैक्षिक सत्रलाई सिकाइ उपलब्धि वृद्धि वर्षकोरुपमा अगाडि बढाएको कावासोती नगरपालिकाको शिक्षा शाखाले नगरभित्रका सबै सामुदायिक विद्यालयमा अनिवार्यरूपमा उपचारात्मक कक्षा सञ्चालन गर्न अनिवार्य गराएको नगर शिक्षा शाखाका अधिकृत राजन पाण्डेले जानकारी दिए ।

कक्षा कोठामा शिक्षकले आधार परीक्षा लिएर विद्यार्थीको स्तर पत्ता लगाई कमजोर, मध्यम र उत्तम गरी तीन समूहमा विभाजन गरेर कक्षा सञ्चालन गर्ने गरिएको अधिकृत पाण्डेले बताए । कमजोर विद्यार्थीलाई बिहान ०९ देखि १० बजेसम्म र साँझ ४ देखि ५ बजेसम्म सम्बन्धित विषय शिक्षकले विद्यार्थीको आवश्यकताअनुसार शिक्षण गर्न विगत एक महिनादेखि सुरु गरिएको छ । आधार परीक्षामा राम्रा देखिएका विद्यार्थीलाई उनीहरुको सिकाइस्तर घटन नदिने गरी कक्षा कोठामानै शिक्षण गरिएको पाण्डेले बताए। 

वार्षिक परीक्षामा विद्यार्थीको राम्रो नतिजा ल्याउने उद्देश्यका साथ तत्कालका लागि दुई महिना कक्षा सञ्चालन गरिएको र यसको प्रभावकारीता हेरेर आगामी शैक्षिक सत्रसमेतमा सञ्चालन गर्ने योजना रहेको उनको भनाइ छ ।

पाठ्यक्रमले तोकेको सिकाइ उपलब्धि पुरा गर्न अधिकांश विद्यार्थीले नसकेपछि नगरपालिकाले चालु शैक्षिक सत्रलाई सिकाइ उपलब्धि वर्षका रुपमा अगाडि बढाएको हो । अहिले सञ्चालन गरिएको उपचारात्मक कक्षाले सिकाइ उपलब्धि वृद्धि हुने पाण्डेले विश्वास व्यक्त गरे। सामुदायिक विद्यालयमा मात्रै सञ्चालन भएका उपचारात्मक कक्षा संस्थागत विद्यालयसमेतमा सञ्चालन गर्न आग्रह गरिएको पाण्डेले बताए ।

विद्यालयमा शिक्षकले निःशुल्करुपमा कक्षा सञ्चालन गरेपछि अभिभावक पनि खुसी भएका छन् । घरमा विद्यार्थीलाई सिकाउन आफुसमेतलाई गाह्रो भएको अवस्थामा विद्यालयमै शिक्षकले निःशुल्करुपमा कक्षा सञ्चालन गरिदिँदा खुसी लागेको कावासोती ११ की सीता रिजालले बताए। ‘घरमा अभिभावकलाई नटेर्ने, अङ्ग्रेजी गणितजस्ता अप्ठ्यारा विषय सिकाउन गाह्रो थियो, बिहान बेलुका विद्यालयमै पढ्छन्, बाबु नानीलाई पनि व्यस्त बनाएको छ’, उनले भने ।

नगरपालिकाले उपचारात्मक कक्षा सञ्चालन गर्न अनिवार्य गरेपछि विगत एक महिनादेखि कावासोती नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थी पाठ्यक्रमले तोकेको सिकाइ उपलब्धि पुरा गर्न बिहानै ९ देखि साँझ ५ बजेसम्म विद्यालयमै रहने गरेका छन् । निशुल्करूपमा कक्षा सञ्चालन गरिएको भए पनि सिकाइ उपलब्धि वृद्धि अभियानमा शिक्षकको सहयोग राम्रो रहने गरेको अधिकृत पाण्डेले बताए ।

    

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ३ : २७ बजे

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः

भीमदत्तका दर्जन घर कटानको जोखिममा

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–९ का देवबहादुर चन्दको पक्की घर