‘कांग्रेसले तत्कालै नीति अधिवेशन बेलाउनुपर्छ’ « Khabarhub

‘कांग्रेसले तत्कालै नीति अधिवेशन बेलाउनुपर्छ’


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले तत्कालै नीति अधिवेशन बेलाउन माग गरेका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालगायतलाई कारबाही गर्नुपर्छ भन्ने कुरा गलत भएको बताउँदै तत्काल नीति अधिवेशन बोलाउनु पर्ने बताएका हुन् ।

कांग्रेस छोडेर एमालेसँग मिल्नु भनेको माओवादी अध्यक्ष प्रचण्डले गठबन्धनको मर्म बुझ्न नसक्नु भएको र कांग्रेसको पनि कमजोरी रहेको उनले बताए । कोइरालाले कांग्रेसले माओवादी र एमालेको चाललाई बुझ्न नसक्दा दुर्घटना भएको पनि बताए । ‘हामीले माओवादीको र एमालेको चाललाई बुझ्न सकेनौँ,’ कोइरालाले भने । आफूहरूको मान्यता निर्वाचन पछि गठबन्धन गर्ने भन्ने रहेपछि निर्वाचनमा जाँदा नै गठबन्धन गर्दा कमजोरी भएको पनि उनले बताए ।

गठबन्धन विभाजन भएको विषयमा नेपाली कांग्रेसको आगामी पुस २२ गतेदेखि बस्ने केन्द्रीय समितिको बैठकमा निर्मम समीक्षा हुने उनले बताए । ‘हाम्रो तर्फबाट पनि नेगोशिएसन टिम थियो । कसरी वार्ता गर्नुभयो । यो विषयमा २२ गतेदेखिको बैठकमा निर्मम समीक्षा गर्छौं,’ कोइरालाले भने । 

अन्तिम समयमा महामन्त्रीहरुलाई बोलाएर निर्णय गरेको भए राम्रो हुने भन्दै कोइरालाले भने, ‘निर्णय गर्दा महामन्त्रीहरुलाई बोलाएको भए हुन्थ्यो । सबैलाई बोलाएर गर्दा पनि हुनेथियो तर, त्यो सम्भव थिएन । कम्तीमा पदाधिकारीलाई बोलाएर । त्यो पनि सम्भव छैन भने महामन्त्रीलाई बोलाएको भए हुनेथियो ।’

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ६ : ०२ बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणलाई २ वर्ष कैद, २० हजार जरिवाना

काठमाडौं- नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन गरिएको

एशियन भिलेज रिसोर्टका अध्यक्ष पक्राउ, विष्णु पौडेलसँग शंकास्पद कारोबार रहेको जिकिर

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर आरोपमा

वर्षा भन्छिन् : दीपक-दीपाको जस्तो सम्बन्ध सधैँ अटल रहोस्

काठमाडौं– कलाकार दीपाश्री निरौला ब्रेन ट्युमरसँग लडिरहँदा उनका प्रिय सहकर्मी

उत्कृष्ट काम गर्ने उपभोक्ता समिति र कर्मचारी सम्मानित

खोटाङ– नेपाल सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गत जलस्रोत तथा

मधेशका पूर्वप्रदेश प्रमुख अहिराज बलात्कार मुद्दामा दोषी, सजाय निर्धारण बिहीबार

काठमाडौं- मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज (राजेश झा) बलात्‍कार