कञ्चनपुर-कमला सडकको भौतिक प्रगति न्यून  | Khabarhub Khabarhub

कञ्चनपुर-कमला सडकको भौतिक प्रगति न्यून 


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

गोलबजार– पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाको कमला नदीबाट सप्तरी कञ्चनपुरसम्मको भौतिक प्रगति २५ प्रतिशत मात्र भएको छ । दुई वर्ष एक महिना अवधिमा ८६ किलोमिटर आठ सय २३ मिटर लम्बाइको सो सडकको न्यून प्रगति भएको हो ।

एसियाली विकास बैंकको सहयोगमा तीन वर्षमा काम सम्पन्न गर्ने भनी चाइना रेल्वे नम्बर २ इन्जिनियर गु्रपले ठेक्का लिई २०२० अक्टुबर २९ बाट काम सरु गरेको थियो । झन्डै रु १६ अर्ब लगानीमा बन्न लगेको सो रोड चार लेन र सहरी क्षेत्रमा छ लेन बन्ने भएको छ । 

सो सडकमा आठ अन्डर पास, ६६ पुल र दुई ओभर फ्लाइसमेत बन्ने भएको छ भने मिर्चैया, लहान, रुपनीमा छ लेनको रोड बन्ने बताएको छ । ‘मिडियन’ मा ग्रिनरी बेल्ट तयार गरेर रूख बिरुवा र फूल रोपिनेछ । दायाँ-बायाँ नै साढे दुई मिटरको सोल्जर (अतिरिक्त पिच) गर्ने योजना रहेको छ । यो खण्डका मुख्य बस्ती र सहरी क्षेत्रमा दुईतर्फ सर्भिस लेन बनाइनेछ ।

चाइना रेल्वे नम्बर २ इन्जिनियर ग्रुपका जनसम्पर्क प्रमुख नवीन दुवाडीका अनुसार नोभेम्बरदेखि काम तीव्र गतिमा भइरहेको नेपालको राष्ट्रिय प्राथमिकता रोड रहेकाले समयमा सकाउने गरी कामलाई तीव्रता दिएको छ । कोभिड-१९ र बर्सातमा केही समय काम प्रभावित भएकाले सडक निर्माणमा ढिलाइ भएको हो । सो सडक बनेपछि स्थानीयस्तरमा आर्थिक गतिविधि बढ्ने अनुमान गरिएको हो ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ७ : ३८ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका