कञ्चनपुर-कमला सडकको भौतिक प्रगति न्यून  « Khabarhub

कञ्चनपुर-कमला सडकको भौतिक प्रगति न्यून 


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

गोलबजार– पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत सिरहाको कमला नदीबाट सप्तरी कञ्चनपुरसम्मको भौतिक प्रगति २५ प्रतिशत मात्र भएको छ । दुई वर्ष एक महिना अवधिमा ८६ किलोमिटर आठ सय २३ मिटर लम्बाइको सो सडकको न्यून प्रगति भएको हो ।

एसियाली विकास बैंकको सहयोगमा तीन वर्षमा काम सम्पन्न गर्ने भनी चाइना रेल्वे नम्बर २ इन्जिनियर गु्रपले ठेक्का लिई २०२० अक्टुबर २९ बाट काम सरु गरेको थियो । झन्डै रु १६ अर्ब लगानीमा बन्न लगेको सो रोड चार लेन र सहरी क्षेत्रमा छ लेन बन्ने भएको छ । 

सो सडकमा आठ अन्डर पास, ६६ पुल र दुई ओभर फ्लाइसमेत बन्ने भएको छ भने मिर्चैया, लहान, रुपनीमा छ लेनको रोड बन्ने बताएको छ । ‘मिडियन’ मा ग्रिनरी बेल्ट तयार गरेर रूख बिरुवा र फूल रोपिनेछ । दायाँ-बायाँ नै साढे दुई मिटरको सोल्जर (अतिरिक्त पिच) गर्ने योजना रहेको छ । यो खण्डका मुख्य बस्ती र सहरी क्षेत्रमा दुईतर्फ सर्भिस लेन बनाइनेछ ।

चाइना रेल्वे नम्बर २ इन्जिनियर ग्रुपका जनसम्पर्क प्रमुख नवीन दुवाडीका अनुसार नोभेम्बरदेखि काम तीव्र गतिमा भइरहेको नेपालको राष्ट्रिय प्राथमिकता रोड रहेकाले समयमा सकाउने गरी कामलाई तीव्रता दिएको छ । कोभिड-१९ र बर्सातमा केही समय काम प्रभावित भएकाले सडक निर्माणमा ढिलाइ भएको हो । सो सडक बनेपछि स्थानीयस्तरमा आर्थिक गतिविधि बढ्ने अनुमान गरिएको हो ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ७ : ३८ बजे

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय