मुगुमा चिसोका कारण गाउँ छाड्न स्थानीय बाध्य « Khabarhub

मुगुमा चिसोका कारण गाउँ छाड्न स्थानीय बाध्य


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकाको उच्च हिमाली बस्तीका स्थानीय चिसाका कारण गाउँ छाड्न बाध्य भएका छन् । मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीयहरु हरेक वर्ष हिउँदमा आफ्नो जन्मथलो छाडेर बाहिरिने गरेका छन् ।

कठ्याङ्ग्रिदो जाडोसँगैको हिमपातले गर्दा हिउँदमा गाउँ बस्न नसकिने भएपछि मंसिर, पुस, माघ र फागुन तीन महिना गाउँ छाडेर स्थानीयहरु बेंसीतिर झर्ने गरेपछि उक्त हिमाली बस्तीहरु सुनसान देखिने गरेका छन् । यतिबेला मुगु, चितै, डोल्फु, किम्री, कार्ति लगायत बस्तीका स्थानीय बेंसीमा झरिसकेका छन् । हिउँदमा गाउँ छोडेर कोही मुगु गमगढी, जुम्ला, काठमाडौं, सुर्खेत, नेपालगञ्जतिर र कोही भारततर्फ गएका छन् ।

गर्मी मौसम सुरुवात भएसँगै पाटन क्षेत्र, बन जंगलमा जडिबुटी यार्सा टिप्ने मौसम प्रारम्भ भएपछि बेंसी झरेका स्थानीय गाउँतिर फर्किने गरेका छन् । चिसोले गर्दा यहाँका स्थानीय हरेक हिउँदमा गाउँ छोडेर बाहिरिने गरेको मुगु गाउँका सोनाम तामाङले बताए । चिसो खप्न नसकेर स्थानीय बाहिरिने गरेपछि मंसिरदेखि फागुन महिनासम्म सो बस्तीहरुमा विकास निर्माण, पठनपाठन, स्वास्थ्य सेवा प्रभावित हुने गरेको छ ।

स्थानीय बाहिरिएपछि सो क्षेत्रमा कार्यरत कर्मचारी पनि गाउँपालिकातिर केन्द्रित हुने गरेका छन् । मुगु गाउँमा रहेको तिब्बत सीमा प्रहरी चौकीमा पनि हिउँदमा गमगढीतर्फ सार्ने गरिएको छ । करिब चार महिनासम्म सीमा प्रहरी चौकी बन्द हुने गरेको छ । मुगु गाउँका डेढ सय परिवार चिसो छल्न गाउँ छोडेर बाहिरने गरेपछि प्रहरी चौकीमा कार्यरत प्रहरी जवान पनि जिल्लातिर डाक्ने गरिएको छ ।

मौसमी बसाइ भौगोलिक विकटता गरीबी र सरकारी न्यून बजेटका कारण सोचेजस्तो विकास निर्माण गर्न नसकिने मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाको भनाइ छ । मुगुम कार्मारोङ गाउँपालिकाले पुस १५ देखि माघ १५ सम्म विद्यालयहरुमा जाडो बिदा दिने गरेको छ । करिब १७ वटा बस्ती रहेको मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीय ४ महिना गाउँ बाहिर र ८ महिना गाउँमै बसेर खेतीपाती जडिबुटी, विकास निर्माणका काम गरेर जीवन निर्वाह गर्न बाध्य छन् ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ८ : १० बजे

दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल

बागमती– सत्तारुढ दलबीच सहमति नहुँदा बागमती प्रदेशसभाको सभामुख चयन प्रक्रिया

झापामा ‘स्विप अपरेसन’ एक सय अट्ठाइस जना पक्राउ

झापा– लागूऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्ध प्रहरीले सञ्चालन गरेको ‘स्विप अपरेसन’

नेपालले युएईलाई दियो २०१ रनको चुनौती

काठमाडौं– आजदेखि काठमाडौँमा सुरु भएको आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगितामा

भूकम्पको एक दशक : राहतका घरमा ताला ठोकेर स्थानीय सहरतिर, गाउँ रित्तै

दोलखा – २०७२ साल वैशाख १२ गते अर्थात त्यो कालो

इजरायल-लेबनान वार्ता प्रयाससँगै क्षेत्रीय तनाव अझ गहिरिँदै

एजेन्सी– युरोपेली परिषद्का अध्यक्ष एन्तोनियो कोस्टाले जलडमरूलाई कुनै पनि प्रतिबन्ध