मुगुमा चिसोका कारण गाउँ छाड्न स्थानीय बाध्य « Khabarhub

मुगुमा चिसोका कारण गाउँ छाड्न स्थानीय बाध्य


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकाको उच्च हिमाली बस्तीका स्थानीय चिसाका कारण गाउँ छाड्न बाध्य भएका छन् । मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीयहरु हरेक वर्ष हिउँदमा आफ्नो जन्मथलो छाडेर बाहिरिने गरेका छन् ।

कठ्याङ्ग्रिदो जाडोसँगैको हिमपातले गर्दा हिउँदमा गाउँ बस्न नसकिने भएपछि मंसिर, पुस, माघ र फागुन तीन महिना गाउँ छाडेर स्थानीयहरु बेंसीतिर झर्ने गरेपछि उक्त हिमाली बस्तीहरु सुनसान देखिने गरेका छन् । यतिबेला मुगु, चितै, डोल्फु, किम्री, कार्ति लगायत बस्तीका स्थानीय बेंसीमा झरिसकेका छन् । हिउँदमा गाउँ छोडेर कोही मुगु गमगढी, जुम्ला, काठमाडौं, सुर्खेत, नेपालगञ्जतिर र कोही भारततर्फ गएका छन् ।

गर्मी मौसम सुरुवात भएसँगै पाटन क्षेत्र, बन जंगलमा जडिबुटी यार्सा टिप्ने मौसम प्रारम्भ भएपछि बेंसी झरेका स्थानीय गाउँतिर फर्किने गरेका छन् । चिसोले गर्दा यहाँका स्थानीय हरेक हिउँदमा गाउँ छोडेर बाहिरिने गरेको मुगु गाउँका सोनाम तामाङले बताए । चिसो खप्न नसकेर स्थानीय बाहिरिने गरेपछि मंसिरदेखि फागुन महिनासम्म सो बस्तीहरुमा विकास निर्माण, पठनपाठन, स्वास्थ्य सेवा प्रभावित हुने गरेको छ ।

स्थानीय बाहिरिएपछि सो क्षेत्रमा कार्यरत कर्मचारी पनि गाउँपालिकातिर केन्द्रित हुने गरेका छन् । मुगु गाउँमा रहेको तिब्बत सीमा प्रहरी चौकीमा पनि हिउँदमा गमगढीतर्फ सार्ने गरिएको छ । करिब चार महिनासम्म सीमा प्रहरी चौकी बन्द हुने गरेको छ । मुगु गाउँका डेढ सय परिवार चिसो छल्न गाउँ छोडेर बाहिरने गरेपछि प्रहरी चौकीमा कार्यरत प्रहरी जवान पनि जिल्लातिर डाक्ने गरिएको छ ।

मौसमी बसाइ भौगोलिक विकटता गरीबी र सरकारी न्यून बजेटका कारण सोचेजस्तो विकास निर्माण गर्न नसकिने मुगुम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङक्याप्ने लामाको भनाइ छ । मुगुम कार्मारोङ गाउँपालिकाले पुस १५ देखि माघ १५ सम्म विद्यालयहरुमा जाडो बिदा दिने गरेको छ । करिब १७ वटा बस्ती रहेको मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीय ४ महिना गाउँ बाहिर र ८ महिना गाउँमै बसेर खेतीपाती जडिबुटी, विकास निर्माणका काम गरेर जीवन निर्वाह गर्न बाध्य छन् ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ८ : १० बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका