रित्तिँदै पहाड, भरिँदै तराई « Khabarhub

रित्तिँदै पहाड, भरिँदै तराई


१३ पुस २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इलाम देउमाई–२ का खगेन्द्र सुवेदी बसाइँ सरेर झापा बुधबारे झरे । उनी परिवारसहित नै पाँच वर्षअघि बुद्धशान्ति गाउँपालिका झापा झरेका हुन् । कोरिया बसेर नेपाल फर्किएका उनी जन्मथलो दुर्गम भएकै कारण सुगम खोज्दै झापा झरेका हुन् ।

स्वास्थ्य उपचार, शिक्षालगायतले तराईमा बढी विकास भएका कारण तराई झरेको उनको भनाइ छ । उनी तराई झरे पनि पहाडमा रहेको उनको जमिन बिक्री भएको छैन । जमिन कमाउने मानिससमेत गाउँमा भेटिन छोडेका छन् ।

खगेन्द्रजस्तै तीन वर्ष पहिले नै गुरु अधिकारी पनि देउमाई नगरपालिका छोडेर झापा बसाइँ सरे । उपचारमा झापामा आएका उनी चिकित्सकले निरन्तर फलोअपमा आउनुपर्छ भनेपछि झापामा नै बस्न थाले । झापा बस्दाबस्दै उनले नयाँ ठाउँमा नै घर बनाएर बस्न थालेका छन् । उनको पहाड घर पनि त्यतिकै छ । केही समयका लागि सडक बनाउने ठेकेदारले घर भाडामा लिए पनि दीर्घकालीनरूपमा पहाडमा जमिन कमाउने र जमिन खरिद गर्ने मान्छे आउन छोडेको उनले बताए ।

भर्खरै देउमाई दुईका टङ्क अधिकारीसमेत पुरानो ठाउँ छोडेर झापा झरेका छन् । उनले पनि पहाडमा सुविधा नभएकै कारण तराई झर्नुपरेको सुनाए । उनी गाउँमा एउटा नमूना व्यक्तिमात्र हुन् । बीचमा सोही गाउँबाट अन्य धेरैले गाउँ छोडेर सहर रोजेका छन् ।

उपचार गराउन सहर नै जानुपरेकाले पनि मानिसले गाउँ छोड्दै गएका छन् । नानीबाबुलाई विद्यालय पढाउन र उच्च शिक्षाका लागि पनि गाउँ नै छोड्नुपर्ने अवस्था आएको धेरैको भनाइ छ । अन्य धेरै तराई झर्ने सोचमा छन् । पहाडमा खेती गर्न पनि झन्झट, ढुवानी महँगो, बिक्रीका लागि बजार खोज्नुपर्ने समस्यालगायतका कारण धेरैले गाउँलाई माया मार्न थालेका छन् ।

समस्या पर्दा पहाडमा समाधानका लागि धेरै असहज हुने भएकाले पनि तराई झर्नुपर्ने बाध्यता रहेको बताइएको छ । बुढेसकालमा न्यानोका लागि तराई झर्नेदेखि अवसरको खोजीमा समेत तराई रोज्नेको लर्को नै लागेको छ ।

पहाडी क्षेत्रमा रोजगारीको समस्या, पाए पनि बर्खामा रोजगारस्थल धाउन समस्या भएका कारण पनि धेरैले तराई रोज्न थालेका छन् । पहाडी क्षेत्रमा जागिर खाए पनि धेरै आफन्त तराईमा नै हुँदा पनि पहाड बस्न मन नलाग्ने गरेको उनीहरूको भनाइ छ ।

पहाडमा अवसर नभएपछि प्रायः युवा वैदेशिक रोजगारीमा जाने गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएसँगै सुगम ठाउँमा जमिन किनेर उतै बसाइँ जान थालेपछि गाउँ रित्तिन थालेको छ ।

यसका लागि पहाडी क्षेत्रका नगरपालिका तथा गाउँपालिकाले विशेष कार्यक्रम ल्याए पनि प्रभावकारी बन्न सकेको छैन । देउमाई नगरपालिकाले बाहिरबाट बसाइँ सरेर आउनेलाई जस्तापाता सहयोग गर्ने नीति ल्याएको नगरपालिकाका सूचना अधिकारी गोविन्द बाँस्तोलाले बताए । केही वर्ष अगाडि नै यो कार्यक्रम ल्याएपनि पछिल्लो समय थप कार्यक्रम ल्याउन सकिएको छैन ।

सरकारले एकीकृत बस्ती कार्यक्रम ल्याउन आवश्यक रहेको जानकार बताउँछन् । बस्तीलाई एक ठाउँमा बसाएर खेती गर्ने जमिन र अन्य प्रयोजनको जमिन पहिचान गरेर त्यस्ता कार्यक्रम ल्याउन स्थानीय सरकार लाग्नुपर्ने धेरैको माग छ । पहाडी क्षेत्रमा भएका बासिन्दालाई पहाडमा नै रोक्नका लागि खास कार्यक्रम नभएको, पहाडमा विकास क्रम ढिलो भएका कारण पनि यस्तो समस्या आएको बताइएको छ । सुविधा सम्पन्न अस्पताल र कलेजको व्यवस्था गर्न सकिएमात्र पनि धेरै बसाइँसराइ रोकिन सकिने स्थानीयवासीको भनाइ छ ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ८ : ३८ बजे

पश्चिम बंगालमा भाजपा धेरै अगाडि, बनर्जी सरकार पतनको संघारमा

काठमाडौं- भारतका चार राज्य र एक केन्द्र शासित प्रदेशमा भएको

होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशले तेल उत्पादन बढाउने

भियना- तेल उत्पादन गर्ने प्रमुख देशहरूको समूह ‘ओपेक प्लस’ मा

सुहाङको प्रस्ताव : सुकुम्वासीलाई राखिएको होल्डिङ सेन्टर अनुगमनमा तत्कालै जाऊँ

काठमाडौं- संघीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिमा सांसद

संसदीय समितिमा विपक्षीले घेरे सरकारलाई, संसद् छलेर अध्यादेशको बाटोमा गएको आरोप

काठमाडौं- प्रतिपक्षी दलका सांसदहरुले संसद्लाई छलेर अध्यादेश ल्याइएको भन्दै आपत्ति

आशा जगाउने बजेट ल्याउछौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट ल्याउने बताएका